birat ribon

बार्सिलोनालाई ‘ट्रिबल’ उपाधि

Neuro
बार्सिलोनालाई ‘ट्रिबल’ उपाधि

विराटनगर ÷ स्पेनिस महिला फुटबल क्लब बार्सिलोनाले कोपा डे ला रेनाको उपाधि जितेको छ । आइतबार राति लेभान्टेमाथि ४–२ गोलको जित निकाल्दै बार्सिलोनाले यो सिजन ‘ट्रिबल’ उपाधि जितेको हो ।

यसअघि बार्सिलोनाले ला लिगा (प्रिमेरा डिभिजन), वुमन्स च्याम्पियन्स लिगको उपाधि जितेको थियो । कोपा डे ला रेनाको उपाधि जितेसँगै यस सिजन बार्सिलोनाले ट्रफीमा ह्याट्रिक गरेको हो ।

cura insider

गए राति बार्सिलोनालाई उपाधि दिलाउन एलेक्सिया पुटेलासले दुई गोल गर्दा प्याट्रिक गुइजारो, मार्टा तोरेजोनले समान एक–एक गोल गरिन् । लेभान्टेका अल्बा रेडन्डो र स्टेफानिया बनिनीले एक–एक गोल गरिन् ।

jackson ribon