birat ribon

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Neuro
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर / झापामा आइतबारसाँझ भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

उत्तरतर्फ जाँदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर शिवसताक्षी नगरपालिका–९ दूधेमा साँझ ७ः३५ बजेतिर दुर्घटनामा परेको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी–६ का ४० वर्षीय जीवनकुमार दर्जीको मृत्यु भएको छ ।

cura insider

दुर्घटनामा परेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा राति ८ः२० बजेतिर बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण भएको दुर्घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: