birat ribon

पाँचथरमा भएको एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

Neuro
पाँचथरमा भएको एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

विराटनगर / पाँचथरको फिदिममा आज (सोमबार) बिहान भएको एम्बुलेन्स दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । एम्बुलेन्समा सवार दुई जना घाइते भएका छन् ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मेची लोकमार्गअन्तर्गत फिदिम नगरपालिका–३ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स बिहान २ः४५ बजेतिर दुर्घटनामा परेको हो ।

cura insider

तीव्र गतिमा रहेको एम्बुलेन्स आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार पाँचथरको याङबरक–२ की ५० वर्षीया ममता राईको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा बिहान ४ बजेतिर जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।

दुर्घटनामा याङबरक–२ का १९ वर्षीय हेमन्त लिम्बू र ताप्लेजुङको सिदिङवा–३ का ५५ वर्षीय डोडकुमार राई घाइते भएका छन् । सामान्य अवस्थाका उनीहरुको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको छ ।

प्रहरीले एम्बुलेन्स चालक पाँचथरको हिलिहाङ–२ का २८ वर्षीय वीरेन्द्र धिमाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

jackson ribon