birat ribon

विश्वमा सक्रिय सङ्क्रमित एक करोड ४१ लाखभन्दा बढी

Neuro
विश्वमा सक्रिय सङ्क्रमित एक करोड ४१ लाखभन्दा बढी

विराटनगर / विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ४१ लाखभन्दा बढी रहेको छ ।

विश्वभर हालसम्म १७ करोड १० लाख छ हजार आठ सय ९५ जनामा कोरोना पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ८८ हजार सात सय ६७ नयाँ बिरामी थपिए । सङ्क्रमण यकिन भएको आधारमा सक्रिय सङ्क्रमितको सङ्ख्या निक्कै कम हो ।

cura insider

सङ्क्रमण पुष्टि भएकामध्ये अधिकाङ्श निको भइसकेका छ । १५ करोड ३२ लाख ७८ हजार दुई सय २७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

विश्वमा हाल एक करोड ४१ लाख ७२ हजार छ सय ४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये ९२ हजार ७१ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन विश्वमा सात हजार ३७ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म विश्वभर कोरोनाका कारण ३५ लाख ५६ हजार १९ जनाको मृत्यु भइसकेको छ । विश्वमा दैनिक सङ्क्रमण पुष्टि र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ ।

विश्वमा यसअघि दैनिक सात लाखभन्दा बढीलाई सङ्क्रमण पुष्टि हुने गरेको थियो । त्यो सङ्ख्या अहिले आधामा झरेको छ । विश्वमा एकै दिन १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ लाख ९२ हजार पाँच सय १५ रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये छ हजार एक सय १६ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र सात हजार छ सय २५ नयाँ बिरामी थपिए । दैनिक सङ्क्रमण पुष्टि हुँदै आएको सङ्ख्यामा यो निक्कै कम हो । यसअघि अमेरिकामा दैनिक ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण यकिन हुने गरेको थियो ।

अमेरिकामा जम्मा सङ्क्रमित तीन करोड ४० लाख ४२ हजार नौ सय ४३ पुगेका छन् । सङ्क्रमितमध्ये दुई करोड ७८ लाख ४० हजार आठ सय ८४ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एकै दिन एक सय २४ अमेरिकी नागरिकको मृत्यु कोरोनाका कारण भयो । केही समयअघिसम्म दैनिक दुई हजार हाराहारीमा सङ्क्रमितको मृत्यु हुने गरेको थियो । अमेरिकामा कोरोना सङ्क्रमित छ लाख नौ हजार पाँच सय ४४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ३३ हजार तीन सय एक रहेको छ । कोरोनाको भयानक अवस्थासँग जुधिरहेको छिमेकी मुलुक भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा एक लाख ५३ हजार चार सय ८५ जनामा कोरोना देखियो । यसअघि चार लाखसम्मलाई कोरोना देखिँदै आएको भारतमा दैनिक सङ्क्रमण घट्दो क्रममा छ । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८० लाख ४६ हजार नौ सय ५७ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ५६ लाख ८४ हजार पाँच सय २९ जना उपचारपछि निको भएका छन् । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । एकै दिन तीन हजार एक सय २९ जनाको मृत्यु कोरोनाका कारण भयो ।

यसअघि दैनिक चार हजारभन्दा बढीको मृत्यु कोरोनाबाट भइरहेको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित तीन लाख २९ हजार एक सय २७ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख ४० हजार चार सय ४५ रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

२४ घण्टाभित्र ४३ हजार पाँच सय २० जना नयाँ बिरामी थपिए । यसअघि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ६५ लाख १५ हजार एक सय २० पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ४९ लाख १२ हजार सात सय ४४ जना उपचारपछि निको भएका छन् । ब्राजिलमा एकै दिन सात सय ८९ जना बिरामीको मृत्यु भयो । यसअघि दैनिक दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो ।

ब्राजिलमा हालसम्म चार लाख ६१ हजार नौ सय ३१ जनाको मृत्यु कोरोना सङ्क्रमणका कारण भइसकेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: