birat ribon

हालान्ड सर्वाधिक गोलकर्ता

Neuro
हालान्ड सर्वाधिक गोलकर्ता

विराटनगर / जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार इयर्लिङ हालान्ड सर्वाधिक गोलकर्ता बनेका छन् । यस सिजन आठ खेलमा दस गोल गरेका हालान्डले सन् २०२०–२१ को सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् ।

उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पेलाई उछिन्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । एम्बाप्पेले दस खेलमा आठ गोल गरेका छन् ।

cura insider

यस्तै युभेन्टसका अल्भारो मोरोटा, रियल मड्रिडका करिम बेन्जेमा, म्यानचेस्टर युनाइटेडका मार्कुस रास्फोर्ड, लिभरपुलका मोहम्मद सालाह, पिएसजीका नेयमार, चेल्सीका ओलिभर जिराउड र सेभिल्लाका युसेफ इन–नेसरीले समान ६–६ गोल गरेका छन् ।

यस सिजनको च्याम्पियन्स लिगको उपाधि चेल्सीले जितेको छ । चेल्सीले शनिबार म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: