birat ribon

डा. कोइरालाले भने– संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउँछ

Neuro
डा. कोइरालाले भने– संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउँछ

काठमाडौँ / अर्थविद्ले आगामी वर्ष २०७८–०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आइतबार आयोजना गरेको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ ?’ विषयको भर्चुअल अन्तर्क्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन् ।

कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे । काङ्ग्रेसका नेता तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गरे ।

cura insider

काङ््रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएको तर यसलाई सम्बोधन गर्ने खालको बजेट आउन नसकेको बताए । पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले मुलुकको अर्थतन्त्र कोरोनाका कारण ध्वस्त भएको बेलामा यति ठूलो बजेट ल्याउनु गैरजिम्मेवारी काम भएको बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: