birat ribon

राष्ट्रिय टोलीमा नपर्दा निराश बने रामोस

Neuro
राष्ट्रिय टोलीमा नपर्दा निराश बने रामोस

विराटनगर / स्पेनले युरो कप २०२० खेल्ने राष्ट्रिय टोलीको घोषणा गर्दा अनुभवी कप्तान सर्जियो रामोस परेनन् । गत साता मुख्य प्रशिक्षक लुइस इनरिकले रामोसलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए ।

रामोसको अनुपस्थितिमा बार्सिलोनाका सर्जियो बुस्क्वेट्सले कप्तानी सम्हाल्नेछन् । रामोसले पछिल्ला चार विश्वकप तथा पछिल्ला तीन संस्करणको युरो कपमा स्पेनको प्रतिनिधित्व गरेका छन् । तर यस पटक २६ सदस्यीय टोलीमा नपर्दा रामोस निराश बनेका छन् ।

cura insider

प्रशिक्षक इनरिकले भने पत्रकार सम्मलेनका क्रममा चोटका कारण रामोस टोलीमा नपरेको बताइरहँदा रामोसले युरो कप खेल्ने टोलीमा नपर्नु करिअरकै दुःखलाग्दो क्षण भएको बताएका छन् ।

‘केही डरलाग्दो महिना र चोटपछि मैले आफ्नो पूरा करिअरकै अर्को दुःखलाग्दो अनुभव गरेँ, युरो कप खेल्ने टोलीमा नपरेर’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सधैँ कठिन काम गरे र लडेँ आफूलाई रियल मड्रिड र राष्ट्रिय टोलीमा राख्नका लागि । तर कहिलेकाँही आफूले सोचेको जस्तो नहुँदोरहेछ ।’

‘आफ्नो टोलीलाई सहयोग गर्न सक्षम नहुँदा दुःख लाग्दो रहेछ र स्पेनको रक्षा गर्न नपाउँदा पीडा हुँदो रहेछ’, उनले थप लेखेका छन्, ‘तर सायद यो समय मैले आराम गर्दा नै ठीक होला, पूर्णतय निको हुनका लागि र अर्को सिजन खेल्नेगरी फर्किनका लागि ।

स्पेनको टिम–
गोलकिपर– युनाई सिमोन, डेभिड डी हेया, रोबर्ट सान्चेज
डिफेन्डर–जोसे गया, जोर्डी अल्बा, पाउ टोरेस, एमरिक लापोर्टे, इरिक गार्सिया, डिएगो लोरेन्टे, केसार एप्लिकुएटा, मार्को लोरेन्टे

मिडफिल्डर– सर्जियो बुस्क्वेट्स, रोड्री, पेड्री, थियागो, कोके, फाबियन रुइच

फरवार्ड– डेनी ओल्मो, माइकल ओयार्जाबाल, अल्भारो मोरोटा, जेरार्ड मोरेनो, फेरान टोरेस, अदामा ट्राओरे र पाल्बो सराबिया ।

jackson ribon