birat ribon

विराटनगरमा अलपत्र युवालाई हाम्रो अभियान सहयोग

Neuro
विराटनगरमा अलपत्र युवालाई हाम्रो अभियान सहयोग

विराटनगर / विराटनगरमा बेखर्ची भएर अलपत्र परेका १५ जना युवाहरूलाई हाम्रो अभियानले खाद्यान्य सहयोग गरेको छ । काम गरेको पैसा नपाउँदा भोकभोकै बसेका १५ जना युवाहरुलाई हाम्रो अभियानले ५० किलो चामल, दाहल चालु तेललगायत खाद्यान्य सामाग्री सहयोग गरेको हो ।

कोसी अनलाइनमा ठेकेदारले खर्च नदिदा उदयपुरका युवा भोकभोकै भएको समाचार प्रकाशित भएपछि हाम्रो अभियानका संयोजक वसिम आलमसहितको टोलीले विराटनगर महानगरपालिका – १९ मिलनचोक पुगेर खाद्यान्य सहयोग गरेको हो ।

cura insider

उदयपुरको बेलका नगरपालिका– ३ बाट डेढ महिना अघि घिनाघाट–विराटचोक सडकमा काम गर्न आएका १५ जना ठेकेदार कम्पनीका प्रतिनिधि भागेपछि भोकभोकै परेका थिए ।

बानिया निर्माण सेवाले उनीहरुलाई कामका लागि उदयपुरबाट विराटनगर ल्याएको थियो । तर काम रोकिएपछि पैसा नदिइ ठेकेदार कम्पनीका प्रतिनिधि हिडेपछि उनीहरू अलपत्र छन् । पैसा पाउने आशामा उनीहरु एकसाता यता बसिरहेका छन् ।

‘ठेकेदारले पैसा दिएन, खाना खान चामल पनि छैन,’ उदयपुरको बेलका– ३ का रेवत राईले भने,‘ हामी अलपत्र परेका छौँ ।’

काम गरेको पैसा नपाएका कारण आफूहरु समस्यामा परेको उनले बताए । ‘हामीले दुई लाख ५० हजार जति पाउनुपर्नेछ,’ उनले भने,‘ ठेकेदारले पैसा दिने भाका सारेको सारै छ ।’ एउटै कोठामा १५ जना अलपत्र भएर बस्नु परेको उनले बताए ।


यता ठेकेदार कम्पनी बानिया निर्माण सेवाले भने केही दिनमा पैसा दिने बताएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि मनोज अधिकारीले बैङ्क बन्द भएकाले कामदारलाई पैसा दिन नसकिएको बताए । ‘आज दिने भाका थियो । तर बैङ्क बन्द भएर दिन पाएनौँ,’ उनले भने, ‘अझै केही दिन ढिलो हुन्छ ।’

याे पनि : ठेकेदारले पैसा नदिँदा बेखर्ची भएका कामदार भोकभोकै

jackson ribon