birat ribon

विराटनगरमा एक सय ३२ सहित प्रदेशमा आज एक हजार पाँच जनामा कोरोना

Neuro
विराटनगरमा एक सय ३२ सहित प्रदेशमा आज एक हजार पाँच जनामा कोरोना

विराटनगर / प्रदेश १ मा आइतबार एक हजार पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । आज दुई हजार पाँच सय तीन जनाको परीक्षण गर्दा चार सय ५१ महिला र पाँच सय ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापामा तीन सय ६२, मोरङमा पाँच सय ५१, सुनसरीमा एक सय ६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा पाँच, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा एक र प्रदेश १ बाहिरका ३३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

cura insider

मोरङको विराटनगरमा एक सय ३२, सुन्दरहरैँचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४, रतुवामाई र उर्लाबारीमा १७, बूढीगङ्गामा १५, केराबारीमा १२, रङ्गेली र लेटाङमा १०, धनपालथानमा सात, कटहरीमा ६, मिक्लाजुङमा चार, सुनवर्षी, जहदा र ग्रामथानमा एक, स्थानीय तह नखुलेका दुई जना सङ्क्रमित थपिएका छन् ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५७ हजार तीन सय ८२ पुगेको छ । जसमध्ये ३५ हजार पाँच सय ७२ जना सङ्क्रमणमुक्त भएका छन् । आइतबार थप ३९ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार नौ सय ३५ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: