birat ribon

कोरोनाले छाेरा लग्यो, वेदनाले बुबा

Neuro
कोरोनाले छाेरा लग्यो, वेदनाले बुबा

विराटनगर / सुनसरीमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका छोराको काजकिरिया नसकिँदै वृद्ध बुबाको पनि मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका– ८ मा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका ५४ वर्षीय ढुण्डीराज सापकोटाकाे काजकिरिया सुरु गरेको ६ दिनपछि शनिबार राति ८२ वर्षीय बुबा मुक्तिनाथको पनि मृत्यु भएको हो ।

cura insider

युवा उमेरको छोराको मृत्यु भएपछि ८२ वर्षीय बुबा चिन्तित थिए । छोराको मृत्यु शोकमा बसेका वृद्धको शनिबार मृत्यु भएको मुक्तिनाथका काका हरि सापकोटाले जानकारी दिए । वृद्धकी श्रीमतीको एक वर्षअघि नै मृत्यु भएको थियो ।

उनका अनुसार वैशाख २६ गते ५४ वर्षीय ढुण्डीराजकाे काठमाडौँमा मृत्यु भएको थियो । उनकाे मृत्युपछि ८२ वर्षीय बुबा मुक्तिनाथबाहेक परिवारका अन्य सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो ।

सुनसरी बराहक्षेत्रस्थित घरमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएपछि वृद्धका १८ वर्षीय नातिले बुबा डुण्ढीराजको काम सुरु गरेका थिए ।

‘काम सुरु गरेको ६ दिनपछि शनिबार राति विराट मेडिकल कलेज लगिएको थियो,’ हरिले भने,‘ बेड नपाएपछि घर ल्याइयाे, घरमै उहाँको मृत्यु भयो ।’

बुबा–छोराको २२ दिनको अन्तरमा मृत्यु भएको उनले बताए । उनका अनुसार दमका रोगी मुक्तिनाथले कोरोनाले बितेका छोराको कुरा गरिरहन्थे ।

jackson ribon