birat ribon

प्रदेश १ मा २० हजार नाघे सक्रिय सङ्क्रमित

Neuro
प्रदेश १ मा २० हजार नाघे सक्रिय सङ्क्रमित

विराटनगर / प्रदेश १ मा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ९ सय ३५ पुगेको छ । आइतबार १ हजार ५ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ९ सय ३५ पुगेको हो ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५७ हजार तीन सय ८२ पुगेको छ । ती मध्ये ३५ हजार ५ सय ७२ जना सङ्क्रमणमुक्त भएका छन् । आइतबार ३९ जना सङ्क्रमणमुक्त भएका छन् ।

cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार झापामा ३ सय ६२, मोरङमा ३ सय ५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३२, सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २ दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बा¥हदशीमा १–१, स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा सङक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३, इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, संखुवासभाको खाँदबारी, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: