birat ribon

मोरङमा थपियो निषेधाज्ञा, उल्लङ्घन गरे अध्यादेश अनुसार कारबाही

Neuro
मोरङमा थपियो निषेधाज्ञा, उल्लङ्घन गरे अध्यादेश अनुसार कारबाही

विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि एकसाता थप गरेको छ । सोमबारबाट लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा थप गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा जेठ २४ गते रातिसम्म रहनेछ । आइतबार चौथौ पटक निषेधाज्ञाको अवधि थपिएको हो ।

cura insider

निषेधाज्ञा कडाइका साथ लागू गर्ने बताउँदै उनले उल्लङ्घन गरे कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने बताए ।

कोरोना महामारीको दोस्रो लहर सुरू भएपछि वैशाख १८ गते राति १२ बजेबाट निषेधाज्ञा जारी गरेको थियो । महामारी नियन्त्रणमा नआएसम्म निषेधाज्ञा थप गर्ने प्रशासनले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: