birat ribon

विराटनगरबाट ४६ काटुन नमुना औषधि बरामद

Neuro
विराटनगरबाट ४६ काटुन नमुना औषधि बरामद

विराटनगर / प्रहरीले आइतबार विराटनगरबाट ठूलो परिणामको नमुना औषधि बरामद गरेको छ । फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ भट्टीमोडबाट ४६ काटुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएका बेला अभाव हुनसक्ने औषधिको अवस्थाका बारेमा टोलीले अनुगमन थालेको थियो । त्यस क्रममा रवि रजकले आफ्नै घरमा स्टोर गरेर राखेको अवस्थामा ‘फिजिसियन सेम्पल’का रुपमा मात्रै प्रयोग गर्न मिल्ने नमुना औषधि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार बरामद गरिएको ठूलो परिणामको औषधि नै नमुना रहेको र अवैध रूपले घरमा स्टोर गरेर राखेको पाइएको हो ।

cura insider

विभागका अनुसार नमुना औषधि बिरामीलाई बिक्री गर्न पाइँदैन । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलका अनुसार आफ्नो नयाँ उत्पादनका बारेमा जानकारी दिन उत्पादक कम्पनीले बजार प्रतिनिधि (एमआर)मार्फत औषधिको नमुना चिकित्सकसम्म पु¥याउँछ । तर बिरामीलाई बिक्री गर्न नमिल्ने त्यही नमुना औषधि एउटा घरभित्र भण्डारण गरिएको अवस्थामा फेला परेको हो ।

कट्टेलका अनुसार एन्टिवायोटिक, कफ सिरफ, सेनिटाइजर, पेन किलर इन्जेक्सन लगायतका ४६ काटुन औषधि बरामद गरिएको हो ।

औषधि राख्नलाई प्रयोग गरिने सात काटुन खोल पनि बरामद भएको छ । रविको घरनजिक उनका दाजु–भाउजू जितु रजक र शीतल पाण्डे (रजक)ले सञ्चालन गरिरहेको जितु मेडिको हल नामक औषधि पसल छ ।

उक्त पसल औषधि व्यवस्था विभागमा प्रल्हादप्रसाद सिंखडाको नाममा दर्ता छ । तर एउटाको नाममा दर्ता भएको पसल अर्कैले सञ्चालन गरिरहेको र आधिकारिक व्यत्तिः बिनै औषधि बेच्ने गरेको पाइएपछि बन्द गर्दै औषधि बिक्री वितरणमा रोक लगाइएको छ ।

उनका नमुना औषधि लेबल परिवर्तन गरेर झुक्याएर बिक्री गर्ने गरिएको हुनसक्ने आशंका छ । बरामद भएको औषधिको कुनै बिलविजक, रेकर्ड र खरिद गरेको स्रोत केही छैन ।

विभागका प्रमुख कट्टेलका अनुसार उत्पादनका बारेमा चिकित्सकलाई जानकारी दिन प्रयोग गरिने नमुना औषधि कुनै पनि उत्पादक कम्पनीले स्टोर गर्ने गरी यति धेरै उपलब्ध गराउन सक्दैन । उक्त औषधि बिरामीलाई बिक्री गर्नु गैरकानुनी हो ।

उनका अनुसार अवैध औषधि भण्डारणका सवालमा मुद्दालाई कसरी अगाडि बढाउने भन्ने बारेमा कानुन व्यावसायीसँग आवश्यक परामर्श र छलफल थालिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: