birat ribon

कान्टे बालोन डी‘ओरको हकदार

Neuro
कान्टे बालोन डी‘ओरको हकदार

विराटनगर / सन् २०१७ को बालोन डी‘ओर पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले जितेका थिए । सो वर्ष अवार्ड जित्ने फ्रेन्च स्टार एन‘गोलो कान्टे आठौँ स्थानमा थिए । तर यस सिजन भने उनी प्रवल दाबेदारका रूपमा छन् ।

सन् २०२०–२१ को च्याम्पियन्स लिग चेल्सीले जित्दा उनी एक महत्त्पूर्ण खेलाडी बन्न सफल भएका छन् । ३० वर्षीय कान्टे च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनको पहिलो र दोस्रो लेगमै म्यान अफ द म्याच बन्न सफल भएका थिए ।

cura insider

शनिबार राति म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा पनि उनले नै म्यान अफ द म्याचको अवार्ड पाए । यसले पनि कान्टे यस पटक बालोन डी‘ओरको प्रवल दाबेदारका रूपमा छन् । यस्तैमा युइएफएका प्राविधिक अवलोकनकर्ताद्वय जोन पिकक र प्याट्रिक भेइराले पनि कान्टेलाई बालोन डी‘ओरको प्रमुख दाबेदारका रूपमा हेरेका छन् ।

‘उनी लयको हिसाबमा मैदानमा राम्रो प्रभाव पार्नसक्ने खेलाडी हुन्’, उनीहरूले भनेका छन्, ‘मैदानमा जोर्गिन्हो र उनको समन्वय राम्रो रहन्छ । प्रदर्शनकै हिसाबमा फ्रेन्च स्टार बालोन डी‘ओर दौडमा अगाडि छन् ।’

jackson ribon