birat ribon

गर्भावस्थामा प्यारासिटमोलको सेवनले बच्चामा अटिजम वा एडीएचडी हुने जोखिम

Neuro
गर्भावस्थामा प्यारासिटमोलको सेवनले बच्चामा अटिजम वा एडीएचडी हुने जोखिम

विराटनगर / गर्भावस्थामा प्यारासिटमोलको सेवन गर्ने महिलाले अटिजम वा एडिएचडी भएका बच्चालाई जन्म दिने सम्भावना बढी हुने अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

युकेलगायत छ युरोपेली देशका ७० हजारभन्दा बढी बच्चाको स्वास्थ्य तथ्याङ्कलाई बार्सिलोना विश्वविद्यालयको एक टोलीले विश्लेषण गरेका थिए । अटिजम भएका वा एडिएचडी भएको बच्चा भएका ५२ प्रतिशत महिलाले उनीहरू गर्भवती हुँदा प्यारासिटामोल लिने गरेको अन्वेषकले पत्ता लगाएका छन् ।

cura insider

अध्ययनले गर्भावस्थाको समयमा दुखाइ कम गर्ने औषधिको सेवन गर्दा उनीहरूको बच्चामा १९ प्रतिशत अटिजम हुनसक्ने वा २१ प्रतिशतमा एडिएचडीको लक्षण देखिने सम्भावना हुन्छ ।

दुखाइबाट राहत पाउनका लागि दिइने प्यारासिटामोल सबैभन्दा सामान्य औषधि हो । अध्ययनका लागि हेरिएको तथ्याङ्कबाट करिब ६५ प्रतिशतले गर्भावस्थामा महिलाले प्यारासिटामोलको प्रयोग गरेको पाइयो । यस अध्ययनले प्यारासिटामोलले कसरी बच्चामा असर गर्छ भन्ने ठ्याक्क कारण पत्ता लगाएन । तर, अघिल्लो अध्ययनले देखाएअनुसार आमाले खाएको औषधिले बच्चाको शरीरमा प्रवेश गर्नसक्छ ।

र, औषधिबाट विषाक्त पदार्थ मुक्त हुनसक्छ जुन बच्चामा कमजोर संज्ञानात्मक प्रदर्शन र व्यवहारसँग सम्बन्धित समस्यासँग जोडिएको छ । गर्भवती महिलालाई दुखाइ भएका प्यारासिटामोल औषधिको सेवन गर्नै नहुने भन्ने हुँदैन । तर, अनुसन्धानकर्ताले जोखिम कम गर्न आवश्यक भएमा मात्र प्यारासिटामोलको प्रयोग गर्न सुझाव दिएका छन् ।

अध्ययनका सह–लेखक प्राध्यापक जोर्डी सनयर प्यारासिटामोल जन्मपूर्व पनि सुरक्षित इन्फ्लामेटरी औषधि भएको बताउँछन् । तर, प्यारासिटामोलले पनि साइड इफेक्ट देखाउने हुँदा आवश्यक भएमात्र प्रयोग गर्न उनले सुझाव दिएका छन् ।

jackson ribon