birat ribon

प्याट कमिन्सले आइपिएलका बाँकी खेल नखेल्ने

Neuro
प्याट कमिन्सले आइपिएलका बाँकी खेल नखेल्ने

विराटनगर / कोलकाता नाइट राइडर्ससका प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल नखेल्ने भएका छन् । कोरोनाका कारण अस्ट्रेलियाका फास्ट बलर कमिन्सले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइपिएलका बाँकी खेलमा सहभागिता नजनाउने भएका हुन् ।

कमिन्सको उनुपस्थितिले कोलकातालाई समस्या परेको छ । कोलकाताले यस सिजनको आइपिएलमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । प्रतियोगिता स्थगित हुनुपूर्व सात खेल खेलेको उसले मात्र दुई जितसहित चार अङ्क जोडेको छ । कोलकाता तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

cura insider

आइपिएलको जारी संस्करणको बाँकी खेल युएईमा हुने भएको छ । सेप्टेम्बर र अक्टोबर महिनामा प्रिमियर लिगको बाँकी खेल हुनेछ । खेलाडीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएपछि मे ४ मा आइपिएल स्थगित भएको थियो ।

सेप्टेम्बर र अक्टोबर महिनामा भारतमा वर्षाको मौसम रहेकोले प्रतियोगिताको बाँकी खेल अन्यत्र सारिएको बताइएको छ । प्रिमियर लिगमा ३१ खेल खेलाउन बाँकी छ ।

jackson ribon