birat ribon

न्यूरो अस्पतालमा सङ्क्रमित महिलाको प्रसूति

Neuro
न्यूरो अस्पतालमा सङ्क्रमित महिलाको प्रसूति

विराटनगर / विराटनगरको न्यूरो अस्पतालले सञ्चालन गरेको मदर एन्ड चाइल्ड अस्पतालले कोरोना सङ्क्रमित महिलाको प्रसूति गराएको छ । कोरोना सङ्क्रमित ३३ वर्षीय महिलाको प्रसूति गराएको हो ।

अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शुभद्रा अग्रवाल नेतृत्वको टोलीले नर्मल डेलिभरी गराएको अस्पतालले जनाएको छ ।

cura insider

कोरोना पोजेटिभ देखिएपछि मोरङ सहकारी अस्पतालले भर्ना नलिएपछि मदर एन्ड चाइल्ड अस्पताल लगिएको श्रीमान् पङ्कज कर्णले बताए । ‘प्रसूतिपछि आमाबच्चा दुवैको अवस्था ठिक छ,’ उनले भने, ‘अस्पताल प्रशासनले चाँडै सेवा दियो ।’

अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरिएको जनाएको छ ।

न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एन्ड चाइल्ड अस्पतालका कार्यकारी निर्देशक अनिषा बिष्टले महामारीका बेला प्रजनन् स्वास्थ्य अति आवश्यक सेवा भएकाले यस्तो सेवा निरन्तर चलिररहने बताइन् ।

jackson ribon