birat ribon

बजेटमा फिल्म क्षेत्रलाई पनि प्राथमिकता

Neuro
बजेटमा फिल्म क्षेत्रलाई पनि प्राथमिकता

विराटनगर / सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजनमा फिल्म क्षेत्रले पनि प्राथमिकता पाएको छ । सरकारले कोरोनाका कारण जारी निषेधाज्ञा अवधिभर फिल्म क्षेत्रलाई विद्युत डिमान्ड शुल्क छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै फिल्म उद्योगमा प्रयोग हुने सबैखालको सामग्री वा यन्त्र भन्सारसमेत छुट गरेको बताए ।

आगामी आर्थिक वर्ष २०७८/७९ मा चलचित्र दर्ताका लागि लाग्ने शुल्क तिर्नु नपर्ने भएको छ । फिल्म क्षेत्रलाई आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्कमा पनि छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाइएको छ ।

cura insider

बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञाको समयमा चलचित्र उद्योगलाई विद्युत् महसुल नलिने र सरकारले निषेधाज्ञा अवधिभर दर्ता तथा नवीकरणवापत लिने शुल्क नलिने व्यवस्था गरेको घोषणा गरे ।

यस्तै, काभ्रे बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिने तथा हरेक प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गरिने, उत्कृष्ट चलचित्र निर्माणका लागि ‘स्टडी बैङ्क’ अवधारणा कार्यान्वयनमा ल्याइने भएको छ भने गणेश हिमाल क्षेत्रमा चलचित्र छायाङ्कनस्थल बनाउन सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ पनि गरिने भएको छ ।

कोरोना महामारीका बीच घोषणा भएको बजेटमा फिल्म क्षेत्रका केही समस्या सम्बोधन भएकोमा फिल्मकर्मीले खुसी व्यक्त गरेका छन् । केहीले भने यस पटकको बजेट पनि फिल्म क्षेत्रका लागि ‘उत्साहजनक’ नभएको गुनासो गरेका छन् ।

jackson ribon