birat ribon

चेल्सीको जितमा नायक बनेका हाभर्ट्जको रेकर्ड

Neuro
चेल्सीको जितमा नायक बनेका हाभर्ट्जको रेकर्ड

विराटनगर / इङ्ग्लिस क्लब चेल्सीलाई युइएफए च्याम्पियन्स लिगको उपाधि दिलाउँदा नायक बनेका काइ हाभर्ट्जले दुई नयाँ कीर्तिमान बनाएका छन् ।

शनिबार राति च्याम्पियन्स लिगको उपाधि भिडन्तमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । पोर्चुगलको पोर्टोमा चेल्सीलाई जिताउन हाभर्ट्जले निर्णायक गोल गरेका थिए । उनलाई माउन्टले नै पास उपलब्ध गराएका थिए ।

cura insider

यस गोलसँगै हाभर्ट्ज च्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा कम उमेरमा गोल गर्ने दोस्रो जर्मन खेलाडी बनेका छन् । उनले २१ वर्ष तीन सय ५२ दिनमा गोल गरेका हुन् ।

च्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा कम उमेरमा गोल गर्ने जर्मन खेलाडी भने लार्क रिकेन हुन् । बोरुसिया डर्टमुन्डका उनले सन् १९९७ मा २० वर्ष तीन सय २२ दिनमा युभेन्टसविरुद्ध गोल गर्दै उक्त कीर्तिमान बनाएका थिए ।

यस्तै हाभर्ट्ज च्याम्पियन्स लिगको फाइनल खेलमा डेब्यू गोल गर्ने खेलाडी पनि बनेका छन् । यसअघि सन् २०१३ मा इल्के गुन्डोगानले च्याम्पियन्स लिगको फाइनलमै आफ्नो डेब्यू गोल गरेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: