birat ribon

च्याम्पियन्स लिग जितेपछि माउन्टको गर्जन : चेल्सी विश्वकै उत्कृष्ट टिम हो

Neuro
च्याम्पियन्स लिग जितेपछि माउन्टको गर्जन : चेल्सी विश्वकै उत्कृष्ट टिम हो

विराटनगर / इङ्ग्ल्यान्डका मिडफिल्डर मासन माउन्टले चेल्सी विश्वकै उत्कृष्ट टिम भएको बताएका छन् । शनिबार राति च्याम्पियन्स लिगको उपाधि जितेपछि २२ वर्षीय मिडफिल्डर माउन्टले चेल्सी विश्वको उत्कृष्ट टिम भएको बताएका हुन् ।

पोर्चुगलको पोर्टोमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यसअघि उसले सन् २०१२ मा बायर्न म्युनिखलाई हराउँदै चेल्सीले उपाधि जितेको थियो ।

cura insider

गए राति चेल्सीलाई जिताउन काइ हाभर्ट्जले निर्णायक गोल गरेका थिए । उनलाई माउन्टले नै पास उपलब्ध गराएका थिए ।

‘हामी फाइनलमा पुग्यौँ र जित्यौँ पनि । यो एउटा विशेष उत्सब बन्यो’, उनले भने, ‘म यसलाई शब्दमा भन्नै सक्दिनँ । यो असम्भव छ । मैले यसअघि चेल्सीका लागि दुई फाइनल खेल खेलेको थिएँ, दुवैमा हामी पराजित भएका थियौँ । चेल्सीबाट उपाधि जित्ने मेरो सपना थियो ।’

‘यो समय हामी विश्वकै सर्वोत्कृष्ट टिम हौँ’, उनले थपे, ‘तपाईँले हामीबाट टाढा लैजान सक्नु हुन्न ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: