birat ribon

रोनाल्डोसँग पोग्बा साट्ने युभेन्टसको योजना

Neuro
रोनाल्डोसँग पोग्बा साट्ने युभेन्टसको योजना

विराटनगर / इटालियन क्लब युभेन्टसले आफ्ना स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँग म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बा साट्ने योजना बनाएको बताइएको छ । इटालियन मिडिया ‘गजेट्टा डेल्लो स्पोर्ट्स’का अनुसार युभेन्टसले क्लब छोड्न मनसाय बनाएका रोनाल्डोसँग फ्रान्सेली स्टार पोग्बा साट्ने योजना बनाएको हो ।

यसपटक भने घरेलु लिगको उपाधि जित्न असफल बनेका रोनाल्डोले क्लब छोड्ने मनसाय बनाएको बताइएको छ । अझै एक वर्ष सम्झौता बाँकी रहेको अवस्थामा पोर्चुगिज स्टार रोनाल्डोले युभेन्टस छोड्न लागेका हुन् ।

cura insider

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोको यो सिजन खासै उपलब्धिमुलक रहेन । सन् २०१८ मा युभेन्टस आएयता च्याम्पियन्स लिगमा लगातार तीन सिजन निराशाजनक बिताएका रोनाल्डो यस पटक लिग जित्न असफल बने ।

व्यक्तिगत रूपमा सिरी ‘ए’ तर्फको गोल्डेनबुट जितेपनि रोनाल्डो उपाधि जित्न नसक्दा निराश रहेको बताइन्छ । उनको सम्झौता जुन २०२२ मा सकिँदै छ । तर, रोनाल्डोले आफ्ना सहकर्मीलाई ड्रेसिङ रुममा क्लब छोड्नेबारे सुनाएका छन् ।

रोनाल्डो केही समययता पूर्वक्लबद्वय म्यानचेस्टर युनाइटेड जाने चर्चा छ । यस्तैमा युभेन्टसले रोनाल्डोसँग पोग्बा साट्न खोजेको बताइएको छ । यता, युनाइटेडले पनि रोनाल्डो अनुबन्ध गर्ने सम्भावनाबारे छलफल थालेको बताइएको छ ।

jackson ribon