birat ribon

त्यसाे भए प्रधानन्यायाधीशले पनि याे मुद्दा हेर्न मिल्दैन : महान्यायाधिवक्ता रमेश बडाल

Neuro
त्यसाे भए प्रधानन्यायाधीशले पनि याे मुद्दा हेर्न मिल्दैन : महान्यायाधिवक्ता रमेश बडाल

काठमाडौं / विपक्षी कानुन व्यवसायीले इजलासमा बस्ने न्यायाधीशहरूमाथि प्रश्न उठाएपछि महान्यायाधिवक्ता रमेश बडालले प्रधानन्यायाधीशले पनि संसद विघटनसम्बन्धी मुद्दा हेर्न नमिल्ने जिकिर गरेका छन् ।

‘यदि यस्तै र यही मान्ने हो भने, अस्ति मात्रै प्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध फैसला गरेर संसद् पुनर्स्थापित गर्नुभयाे । यस हिसाबले उहाँले पनि यो मुद्दा हेर्न मिल्दैन । सरकार विरुद्ध फैसला गरेका कुनै पनि न्यायधीश बस्न मिल्दैन । यो अदालतले सरकार विरुद्धका मुद्दा हेर्न मिल्दै मिल्दैन ।’

cura insider

उनले अगाडि भने, ‘यदि विपक्षीले उठाएको विषयमा प्रवेश गर्ने हो भने हामी पनि निवैदन हाल्छौँ । २० जना नै न्यायाधीश यो मुद्दा हेर्न सक्षम छैनन् । हुँदाहुँदा बहस गर्नुअगाडि विपक्षी मित्रहरू पूर्वप्रधानन्यायाधीशलाई फैसला गराएर आउँछन् ।’

विपक्षीले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले मुद्दा हेर्न नमिल्ने बताएपछि महान्यायाधिवक्ता बम्किएका इजलासमै हुन् ।

jackson ribon