birat ribon

निरर्थक वर्णन : नारी र पुरुष एउटा रथका दुई पाङ्ग्रा !

Neuro
निरर्थक वर्णन : नारी र पुरुष एउटा रथका दुई पाङ्ग्रा !
सनम रोक्का

‘ल है छोरा ! हामी मर्नुभन्दा पहिला नाति खेलाउन पाउनु पर्छ । नातीको मुख हेरेर म¥यो भने स्वर्ग पुगिन्छ । खोइ कहिले पूरा गर्छस् तैंले हाम्रो सपना !’

यही भन्दै सधैँ मलाई झस्काइरहनु हुन्थ्यो मेरो बूढा भएका बाआमा ।

cura insider

मैले बिहे गरेको पनि चार वर्ष पुगिसकेको थियो । मेरा तीन जना छोरी सन्तानहरू थिए ।

म पनि घरि–घरि झस्किरहन्थेँ । मलाई एउटै डर थियो कि फेरि पनि मेरो सन्तान छोरी भई भने मेरो बुबाआमाको सपना के होला, के सोच्नुहोला ?

के सोच्ला यो पुरुष प्रधान समाजले अनि के संज्ञा देला मलाई ?

म एक पढेलेखेको युवा ! मलाई थाहा छ, छोरा र छोरी एक हुन् । आजको आधुनिक युगमा छोराछोरीमा फरक छैन । र, फरकता देखाइनु पनि हुँदैन ।

म सोच्छु, छोराले गर्नसक्ने धेरै काम छोरीले पनि त गर्न सक्छिन् । तर, फेरि कहिले सोच्छु, उसो भए छोरा मान्छेको पनि पाठेघर हुनु पथ्र्यो, छोरीको रुद्रघण्टी हुनुपथ्र्यो, पुलिङ्ग र स्त्रीलिङ्ग एउटै हुनुपथ्र्यो ।

छोरी जन्मिनुलाई घरमा लक्ष्मीको आगमनको रुपमा लिइन्छ । छोरी घरको सौन्दर्य हो । छोरी हामीले पूजा गर्ने लक्ष्मी, सरस्वती, कालीको रुप हो ।

फेरि व्यवहारमा चाहिँ छोरी जन्माउने नारीलाई अलक्षिना, अभागी, रुखो भनेर पुकारिन्छ ।

हो, यस्तै समाज र परिवारको पुरातनवादी सोच, नैतिक आचरण र व्यावहारिक चलनदेखि निकै पीडित हुँदै आइरहेको थिए म ।

एकान्तमा बसेर ती मेरा तीन छोरी सन्तानहरूको भविष्य, मेरी उनीले दोश्रो छोरी जन्माउँदा उनले व्यहोरेको र मैले महसुस गरेको पीडा, चार महिनासम्म बेडबाट उनी उठ्न नसकेको कुरा सम्झँदै एक्लै भक्कानिएँ ।

बूढा भएका बाआमाको टुट्न लागेको सपना, छोरीहरूले तिहारमा हात खाली राख्नु परेको दृश्य र मेरी उनीको कमजोर शरीरको भुमरीमा म फसिरहेको थिएँ ।

‘यसपटक त नाति नै जन्मिन्छ छोरा, हेर त तेरी बूढी कति अल्छी भाकी छे !’ भन्दै आमा खुसी बन्नुहुन्थ्यो ।

हिन्दु धर्मका अनुसार छोरा नहुनेको स्वर्गको बाटो खुल्दैन भनेर भनिरहनु हुन्थ्यो मेरा बाआमा । उहाँहरूलाई पौराणिक कथाहरूले बेस्सरी पकडेको छ । यो उहाँहरूको दोष हैन, समाज नै यस्तै छ ।

उनी फेरि गर्भवती भइन् ।

उनको शरीर निकै कमजोर देखिन्थ्यो । नारी हुन् नि उनी ! लाखौँ बोझ भए पनि परिवारको खुसीको लागि उनी ती पीडालाई सहजै सहने कोसिस गरिरहेकी हुन्थिन ।

‘यसपटक त नाति नै जन्मिन्छ छोरा, हेर त तेरी बूढी कति अल्छी भाकी छे !’ भन्दै आमा खुसी बन्नुहुन्थ्यो ।

‘यसपालि चाहिँ तिमीहरूको भाइ नै जन्मिन्छ, के नाम राख्छौ ।’ भनेर आमाले घरि–घरि नातिनीहरूलाई सोध्नुहुन्थ्यो ।

उनीहरू पनि मुसुक्क हाँस्थे, ‘अहिले त पक्कै नाति नै जन्मिन्छ । हिजो सपनामा पनि नाति जन्मिने लक्षण देखेँ ।’ बा गुनगुनाउनु हुन्थ्यो ।

करिब एक महिनापछि उनलाई व्यथाले च्याप्यो, हामीले नजिकैको अस्पतालमा लग्यौँ ।

उनी प्रसव पीडामा छटपटिरहेकी थिइन् । छेवैमा बसेकी मेरी आमाको अनुहारमा खुसी र कताकता निराशाको बादल छाइरहेको पाउथेँ ।

घरि–घरि मलाई हेरेर छोरै जन्मिछ होला है भन्दै मनको बह पोख्नुहुन्थ्यो ।

‘छोरा जन्मियो भने के नाम राख्ने होला ? कति माया गर्छस् नि ?’ भनेर मलाई सोध्नुहुन्थ्यो ।

म भने मौन थिएँ । मलाई छोरा या छोरी जन्मिने चिन्ताभन्दा उनको बढी चिन्ता लागिरहेको थियो ।

हाम्रो बिहे हुँदा उनी १८ वर्षकी थिइन्, म भने २० वर्षको । हाम्रो सानै उमेरमा परिवारको दबाबले विवाह भयो ।

तीन जना छोरीको जन्मपश्चात उनी निकै कमजोर भइसकेकी थिइन् । उनको पीडादायी अनुहार हेर्दा ममाथि झनै ठूलो पहाड खसिरहेको महसुस हुन्थ्यो ।

मैले कतै गल्ती त गरिनँ उनीमाथि ! अब के बित्ने होला मलाई ! बारम्बार पिरोलिरहेको थियो ।

यत्तिकैमा उनलाई प्रसूति कक्षमा लगे डाक्टरले ।

‘हे भगवान् मेरो नाति नै होस् ।’ आमा हात जोड्दै प्राथना गरिरहनु भएको थियो ।

‘अहिले हात जोडेर नाति–नातिनी हुने हो र, कस्तो बुद्धि होला ?’ छेउमै उभिएका गार्ड दाइले कटाक्ष गरे ।

नारीले यसो गरी त्यसो गरी भन्दै चोकमा गफ छाँट्ने शासकहरू घरमा गएर छोरीको कामै छैन भन्ने स्वाभामानीहरू पनि ट्न्नै पाइन्छन् ।

उनलाई भित्र लगेदेखि मेरो मनमा अनेकन प्रश्नहरू उब्जिरहेका थिए । कुनै सकारात्मक थिए त कुनै नकारात्मक ।

केही छिनमा डाक्टरहरू आएर उहाँको अप्रेसन गर्नुपर्छ भने, ‘अवस्था गम्भीर हुँदै गइरहेको छ । हामी सक्दो प्रयास गर्छौं ।’

त्यसपछी उनलाई अप्रेसन थिएटरमा लगियो । हामी स–परिवार भगवान र डाक्टरको भरोसामा थियौँ । त्यतिबेला मैले नारीको पीडालाई अझ बढी महसुस गर्ने मौका पाएँ ।

नारी र पुरुष एउटा रथका दुई पाङ्ग्रा भनेर वर्णन र व्याख्या गर्नु पनि निरर्थक लाग्न थाल्यो ।

छोरीको बाबुले त समाज र परिवारमा सम्मान पाउँदैन भने त्यो छोरी कसरी समाज र परिवारमा सम्मानित भएर बाँच्न सक्ली ? मलाई त छोरा र छोरीमा भिन्नता छैन भन्ने लाग्थ्यो तर यो समाजका बुजु्रकहरूले यो कुरा आत्मसात गर्न सकेका रहेनछन् ।

कर्तव्य बिर्सेर अधिकार मात्र खोज्ने आजको समाजले आफ्नो चिन्तनमा आमूल परिवर्तन नगर्दासम्म छोरा र छोरीको भेद हट्दैन ।

त्यसो त भेद हटाएर समानता ल्याउन खोज्दैमा आउने पो कहाँ हो र ? म एक्लैले समानताका कुरा गरे पनि प्रकृतिले नै फरक बनाइदिएको छ ।

जन्मेदेखि नै नारी र पुरूषलाई बोली र व्यवहार दुवैमा फरक बनाउँदै हुर्काइएको रहेछ ।

उदाहरण पनि खुब दिन्छौँ हामी । महिलाले राष्ट्रपति भएर देश चलाएका छन्, प्रधानमन्त्री बनेका छन्, डाक्टर, इन्जिनियर, पाइलट त कति हो कति ! भाषण सजिलै छाट्छौँ हामी ।

मञ्चमा नारी स्वतन्त्रताको वाक्यहरू कुर्लीकुर्ली छाँटेर आफ्नो घरमा गई श्रीमती कुट्ने महान काजीहरू थुप्रै छन् हाम्रो समाजमा ।

जिउँदै छँदा जगल्ट्याउने र मरेपछि शोक काव्य लेख्ने कविहरू पनि छन् यही समाजमा ।

नारीले यसो गरी त्यसो गरी भन्दै चोकमा गफ छाँट्ने शासकहरू घरमा गएर छोरीको कामै छैन भन्ने स्वाभामानीहरू पनि ट्न्नै पाइन्छन् ।

आधा आकाश ढाकेको नारीलाई सम्मान खोइ ? किन सधैं अपहेलित हुनुपर्ने ? हिंसा किन ? भन्ने कुरा मनमा खेलिरहेको थियो ।

एक्कासि कसैले मलाई बोलाएको जस्तो आभाष भयो ।

त्यहाँ एकजना नर्स आइपुगिन् र आत्तिएर मलाई केही भन्न खोजेजस्तो गरिरहेकी थिइन् ।

त्यतिकैमा आमा पनि मेरो नजिकै आउनुभयो । मेरो मनमा अनेकन कुराहरू खेल्न सुरू गरिसकेका थिए ।

ती नर्सले एकै शब्दमा भनिन्, ‘हामीले उहाँलाई बचाउन सकेनौँ, छोरी भनी सकुसल छिन् ।’

ठूलो आँधीले सबै तहसनहस बनाएजस्तो लाग्यो ।

म उभिएको जमिन भाँसिएको महसुस भयो । मैले एकटकले उनलाई मात्र हेरिरहेको थिए । उनको मृत्युको एक मुख्य जिम्मेवार म पनि हुँ ।

jackson ribon