birat ribon

प्रधानन्यायाधीश राणाले कानुन व्यवसायीलाई भने : तपाईंलाई न्यायाधीश छान्ने अधिकार छैन

Neuro
प्रधानन्यायाधीश राणाले कानुन व्यवसायीलाई भने : तपाईंलाई न्यायाधीश छान्ने अधिकार छैन

काठमाडाैँ/ प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले इजलासमा बस्ने न्यायाधीश छान्ने अधिकार अधिवक्तालाई नभएकाे बताएका छन् ।

प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि साेविरुद्ध परेका रिटहरूमाथि सुनुवाइका क्रममा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले मुद्दा हेर्न नमिल्ने बताएपछि प्रधानन्यायाधीश राणाले यस्ताे बताएका हुन् ।

cura insider

राणाले अधिवक्ता मिथिलेशकुमार सिंहलाई भने, ‘तपाईँलाई न्यायधीश छान्ने अधिकार छ । तर तपाईंले चाहेको न्यायाधीश नै बस्नु पर्छ भन्ने छैन । तपाईको बहस कानुन, तथ्यमा आधारित हुनुपर्छ । तपाईलाई न्यायाधीश छान्ने अधिकार छैन ।’

उनले अघि प्रश्न गरे- ‘याे प्यानलबाट न्यायाधीश छान्ने जिम्मा तपाईलाई दिउँ त ?’

रिट प्रतिनिधिसभा विघटन र संविधानकाे धारा ७६(५)अनुसार प्रधानमन्त्री नियुक्तिकाे विषयमा भए पनि बहस संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमा केन्द्रित छ ।

संसद विघटनपछि संवैधानिक इजलासमा ३० थान मुद्दा विचाराधीन छन्।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: