birat ribon

फङ्गल सङ्क्रमणसँग जोडिएका केही भ्रमका यथार्थ

Neuro
फङ्गल सङ्क्रमणसँग जोडिएका केही भ्रमका यथार्थ

विराटनगर / कोभिडको उपचार गराइरहेका तथा कोभिडबाट निको भएका बिरामीमा फङ्गल सङ्क्रमणको जोखिम बढ्दै गएको छ ।

भारतमा १२ सयभन्दा बढीमा फङ्गल सङ्क्रमण पुष्टि भइसकेको छ भने नेपालमा पनि केहीलाई ब्ल्याक फङ्गसको सङ्क्रमण देखापरेको छ । फङ्गल सङ्क्रमण हुने जोखिम बढेसँगै यससम्बन्धी धेरै भ्रम फैलिन थालेको छ । जसले मानिसलाई थप चिन्तित बनाएको छ ।

cura insider

ब्ल्याक, ह्वाइट वा यल्लोलगायत सबै प्रकारका फङ्गल सङ्क्रमण वातावरणमा पहिले नै उपस्थित भएका मोल्ड वा फङ्गसको कारणले हुन्छ । यी मोल्डले स्वस्थ व्यक्तिमा कुनै पनि प्रकारको सङ्क्रमण निम्त्याउँदैनन् । तर, प्रतिरोधात्मक क्षमता कम भएका वा पहिलादेखि स्वास्थ्यमा समस्या भएका मानिसमा सङ्क्रमण हुने वा सङ्क्रमण हुनसक्ने जोखिम उच्च हुन्छ ।

फङ्गसबाट सङ्क्रमण हुँदा ज्वरो आउने, छालामा फोका वा घाउ आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने तथा थकान हुने जस्ता लक्षणहरू देखापर्न सक्छ । प्रारम्भिक चरणमा समस्या पत्ता लगाउन सकिएको अवस्था औषधिको साथ यसको उपचार गर्न सकिन्छ । नत्र सङ्क्रमण फैलिएको अंशलाई हटाउन शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

फङ्गल सङ्क्रमण एक व्यक्तिबाट सर्दैन

फङ्गल सङ्क्रमण सङ्क्रामक हुँदैनन् अर्थात् सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आएपछि स्वस्थ व्यक्तिमा फङ्गल सङ्क्रमण सर्ने हुँदैन । सामान्यतया मोल्डहरू वातावरणमा उपस्थित हुन्छन् जसमा हामी सबैले सास लिइरहेका हुन्छौँ । स्टेरोइड्सको अत्यधिक प्रयोग गर्दा, अनियन्त्रित मधुमेह, प्रतिरोधक क्षमता भएका वा कम हुने रोग लागेका मानिसलाई सङ्क्रमण गर्छ । जिङ्कको सेवन र कोरोना भाइरसको उपचारका लागि प्रयोग हुने एन्टिबायोटिकको मिश्रण पनि फङ्गसको सङ्क्रमणसँग जोडिएको छ ।

कोभिडका बिरामीबाहेक अन्यलाई पनि हुन्छ फङ्गसको जोखिम

कोरोना सङ्क्रमणको उपचार गरेको छ हप्ताभित्र बिरामीलाई फङ्गसको जोखिम उच्च हुने जनाइएको छ । तर, कोभिडबाहेक पनि मधुमेह, क्यान्सर, एड्स, कलेजोमा समस्या भएका, किड्नी फेल भएका वा किड्नी रोगको इतिहास भएकामा सङ्क्रमणको जोखिम हुन्छ । यस्ता व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता हुने वा प्रतिरोधात्मक उपचार गराइरहेका हुन्छन् । जसकारण सङ्क्रमण हुने तथा जटिलताको जोखिम बढी हुन्छ ।

ह्वाइट फङ्गसको सङ्क्रमण ब्ल्याक फङ्गसभन्दा बढी खतरनाक हुन्छ भन्ने सुन्नमा आएको थियो । तर, यो सत्य नभएको बताइन्छ । ह्वाइट फङ्गस र ब्ल्याक फङ्गस उत्तिकै खतरनाक छन् । केही विज्ञहरूका अनुसार म्युकरमाइकोसिस वा ब्ल्याक फङ्गल सङ्क्रमण बढी आक्रामक हो र, यसले साइनस, आँखा, मस्तिष्कलाई धेरै क्षति पु¥याउन सक्छ । जसकारण शल्यक्रियाको आवश्यकतासमेत पर्नसक्छ ।

jackson ribon