birat ribon

एक–दुई घण्टा अक्सिजन आपूर्ति ढिलो भए ठूलो दुर्घटना हुनसक्छ : विराट मेडिकल कलेज

Neuro
एक–दुई घण्टा अक्सिजन आपूर्ति ढिलो भए ठूलो दुर्घटना हुनसक्छ : विराट मेडिकल कलेज

विराटनगर / विराट मेडिकल कलेज विराटनगरले अक्सिजन आपूर्तिमा १–२ घण्टा ढिलो भए ठूलो दुर्घटना हुनसक्ने बताएको छ । विराटनगरमा केही दिनयता अक्सिजनको अभाव छ । माग बढेपछि उद्योगलाई आपूर्ति गर्न कठिन छ ।

सङ्क्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज नभएपछि विराटले १–२ घण्टा आपूर्ति ढिलो भए दुर्घटना भएर एकै दिन धेरै बिरामीको मृत्यु हुनसक्ने बताएको हो ।

cura insider

विराटले दैनिक छ सय अक्सिजन सिलिन्डर आवश्यक रहेको तर आपूर्ति भने दैनिक सरदर साढे चार सय मात्रै हुँदै आएको बताएको छ ।

विज्ञप्ति जारी गर्दै मेडिकल कलेजले आपूर्ति सहज नहुँदा सङ्क्रमितको उपचारमा समस्या भएको बताएको छ । कलेजले एक सय ५० सिलिन्डर थप गर्ने प्रयास पनि भइरहेको बताएको छ ।

शिक्षण अस्पतालका प्रशासक सन्तोष निरौलाले अक्सिजन आपूर्ति नियमित हुन नसके अवस्था भयावह हुने भएकाले गम्भिरताका साथ लिन प्रदेश सरकारसहित सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

कलेजले अक्सिजन अभाव भएर मृत्यु भएको हल्लामा पनि सत्यता नभएको बताएको छ । शुक्रबार विराटमा अक्सिजन अभाव भएका कारण कोरोना सङ्क्रमितको मृत्यु भएको हल्ला फैलिएपछि प्रशासनले अक्सिजन अभावकै कारण कसैको मृत्यु नभएको बताएको हो ।

अक्सिजन आपूर्तिमा समस्या भएका कारण नयाँ बिरामी भर्ना लिन गाह्रो भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए । अक्सिजन आपूर्ति सहज भए बिरामी भर्ना लिएर उपचार गर्न गाह्रो नभएको उनले बताए । विराट मेडिकल कलेजले सङ्क्रमितको उपचारका लागि तीन सय बेड छुट्याएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: