birat ribon

मुख्यमन्त्री विरूद्धकाे गुनासो लिएर प्रदेश प्रमुख समक्ष पुगे प्रतिपक्षी दल

Neuro
मुख्यमन्त्री विरूद्धकाे गुनासो लिएर प्रदेश प्रमुख समक्ष पुगे प्रतिपक्षी दल

विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेर तीन प्रतिपक्षी दलका नेताले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् ।

विराटनगरस्थित प्रदेश प्रमुख अधिकारीको निवासमा आइतबार विहान पुगेका दलका नेताहरुले मुख्यमन्त्री राई नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका हुन् ।

cura insider

सरकारले बजेट अधिवेशन आह्वान नगरेको कोरोना रोकथाममा प्रभावकारी काम नगरेको गुनासो प्रदेश प्रमुखसमक्ष गरेका हुन् ।

सरकारलाई आग्रह गर्दा काम नगरेपछि सरकारको कार्यशैलीका बारेमा प्रदेश प्रमुखलाई भेटेर जानकारी गराएको नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले बताए ।

‘सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन, हामीले आग्रह गर्दा मानेनन्, कोरोना सङ्क्रमितको उपचार पनि निशुल्क भएन् ,’ कार्कीले भने,‘ सरकार जिम्मेवारीबाट भागेका कारण समन्वय गरिदिन प्रदेश प्रमुखलाई आग्रह गरेका हौँ ।’

प्रदेश मा असार १ गते बजेट ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था छ । बजेट प्रस्तुत गर्नु भन्दा १५ दिन अघि पूर्व बजेट छलफल गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर सरकार जिम्मेवारीबाट पन्छिएको भन्दै नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले प्रदेश प्रमुखलाई बजेट अधिवेशन आह्वान गर्ने बातावरण मिलाउन आग्रह गरेका हुन् ।

सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको प्रतिपक्षी दलहरुको आशङ्का छ । ‘कोरोना महामारी नियन्त्रणमा सरकारको उपस्थीति छैन,’ उनले भने,‘ सरकारलाई बारम्बार आग्रह गर्दा टेरेन ।’

भेटघाटका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला, जनता समाजवादी संसदीय दलका नेता जयराम यादव, काङ्ग्रेस प्रमुख सचेतक केदार कार्की, काङ्ग्रेस सांसद सुयर्माराज राई, माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बा र पूर्व राज्यमन्त्री विजय विश्वास सहभागि थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: