birat ribon

कोभिड व्यवस्थापनसम्बन्धी चिकित्सक सङ्घकाे वेबिनार

Neuro
कोभिड व्यवस्थापनसम्बन्धी चिकित्सक सङ्घकाे वेबिनार

विराटनगर / नेपाल चिकित्सक सङ्घ (एनएमए) कोसी शाखाले आयोजना गरेकाे कोभिड म्यानेजमेन्ट इन इस्टर्न नेपालसम्बन्धी वेबिनार सम्पन्न भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बेलामा अनलाइन प्रविधि प्रयोग गर्दै कोभिड व्यवस्थापनलाई सहज बनाउन उद्धेश्यका साथ आयोजना गरिएको वेबिनारमा सम्पन्न भएकाे हाे । वेबिनारमा नेपालभरिका दुई सयभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

cura insider

कार्यक्रममा सहभागीलाई कोरोना भाइरसका बिरामीमा प्रयोग गरिने औषधि, प्लाज्मा थेरापी, गम्भीर बिरामीमा आइसियु व्यसवस्थापन, मानिसक स्वास्थ्य तथा म्युकरमाइकोसिसलगायतका बारेमा प्रशिक्षण दिइएको थियो । साथै, कोभिडका कारण ज्यान गुमाएका डाक्टर तथा स्वास्थ्कर्मीलाई श्रद्धाञ्जली पनि अर्पण गरिएको थियो ।

२२ मे शनिबार कार्यक्रमको पहिलो साता डा. सुरेन्द्रप्रसाद साहले कोभिड डाइगनोसिस गर्दा आउने चुनौती, डा. अग्रज उप्रेतीले कोभिड व्यवस्थापन गर्ने प्रोटोकल, डा. हेमसागर रिमालले बालबालिकामा हुने कोभिडलाई व्यवस्थापन गर्ने तरिका, र डा. दीपक सिग्देलले बिरामीमा प्रयोग गरिने एन्टी भाइरल औषधि, एन्टी कोगुलेन्ट र प्लाज्मा थेरापीले पु¥याउन सक्ने योगदानका बारेमा जानकारी दिएका थिए ।

त्यसैगरी दोस्रो साता डा. ललित राजवंशीले गम्भीर बिरामीमा आइसियु व्यवस्थापन, डा. रन्जन थापाले आइसोलेनसमा बस्दा हुने मानसिक समस्या र यसको समाधान तथा डा. सञ्जीवकुमार ठाकुर र डा. प्रेरणा अर्याल काफ्लेले हालै कोभिडका बिरामीमा देखापरिरहेको म्युकरमाइकोसिसका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा स–साना विषयमा छलफल गर्नेदेखि सहभागीले सोधेका प्रश्नको पनि जवाफ दिइएको थियो । कार्यक्रममा सहभागिता जनाएकालाई प्रमाणपत्र पनि दिइनेछ । नेपाल चिकित्सक सङ्घ (एमएमए) कोसी शाखा अध्यक्ष डा. फरवाड सिलवालको अध्यक्षतामा कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

डा. विभूतिनाथ मिश्र कार्यक्रमका मोडरेटर रहेका थिए । धेरै स्वास्थ्यकर्मी तथा चिकित्सकको सहभागिता रहेको र सबैले कार्यक्रम मन पराएको हुनाले कार्यक्रमलाई निरन्तरता दिइने डा. मिश्रले जानकारी दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: