birat ribon

बजेटबारे निजी क्षेत्र : वर्तमान परिस्थित अनुकूल निजी क्षेत्रका अधिकांश माग सम्बोधन

Neuro
बजेटबारे निजी क्षेत्र : वर्तमान परिस्थित अनुकूल निजी क्षेत्रका अधिकांश माग सम्बोधन

काठमाडौँ / सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०६९ को बजेटले वर्तमान परिस्थिति अनुकूल निजी क्षेत्रका अधिकांश मागहरू सम्बोधन भएको उद्योगी व्यवसायीहरूले बताएका छन् ।

उद्योगी व्यवसायीले कोभिड महामारीको बेलामा आएको विशेष बजेट भएका कारण निजी क्षेत्रको धेरै माग सम्बोधन नभएको भए पनि अधिकांश मागहरू सम्बोधन भएको बताएका हुन् । निजी क्षेत्रले आर्थिक वर्ष २०७८/०६९ को बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

cura insider

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र बिलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताए ।

कोभिड १९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्र र अन्य केही क्षेत्रमा विशेष सहुलियतको घोषणा भएकोप्रति उनले खुसी व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको उनले बताए ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफूहरूले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताए । यसले नेपालमा औद्योगिकीकरण बढाउने र रोजगारीको सिर्जना गर्ने उनको भनाइ छ । कोभिडविरुद्ध लड्न बजेट विनियोजन हुनु सुखद भएको उनले बताए ।

खोपको जरुरीलाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको उनले उल्लेख गरे । लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफूहरूको माग सम्बोधन भएको उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिस्ट बजेट ल्याएको भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट यथार्थपरक नभएको उनको टिप्पणी छ । वर्तमान सरकार स्थिर नभएको अवस्थामा बजेट कार्यान्वयनको सन्दर्भमा शङ्का रहेको उनले बताए । सरकारले अपेक्षा गरेअनुरुपको राजस्व असुली गर्न पनि कठिन रहेको उनले बताए ।

jackson ribon