birat ribon

खानपानबाहेक ग्यास्ट्राइटिस हुने अन्य कारण

Neuro
खानपानबाहेक ग्यास्ट्राइटिस हुने अन्य कारण

विराटनगर / हरेक मानिसलाई जीवनकालमा कुनै न कुनै बेला ग्यास्ट्राइटिसको समस्याले सताएकै हुन्छ ।

सामान्य भाषामा ग्यास्ट्रिक भनेर चिनिने रोग समयमा नखाँदा वा धेरै खाँदा अत्यधिक मात्रामा चिल्लोपिरो खाँदा, धेरै मासु खाने वा खानपान गर्ने तरिका र तालिका नमिल्दा हुने मान्यता छ । यो केही हदसम्म सत्य हो । तर, ग्यास्ट्राइटिस खानपानका कारणले मात्र हुने रोग नभएको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका ग्यास्ट्रिक तथा कलेजो रोग विशेषज्ञ डा. मोहन खड्का बताउँछन् ।

cura insider

पेटमा धेरै मात्रामा वा अनियन्त्रित मात्रामा एसिड उत्पादन हुँदा ग्यास्ट्राइटिस हुने हुन्छ । पेटको भित्री झिल्लीमा कुनै पनि कारण इन्फ्लामेसन हुने (सुजन वा सुन्निने), रातो हुने, साधारण कोतारिएको वा भित्री घाउ (अल्सर) भएमा ग्यास्ट्राइटिस हुने हुन्छ । ग्यास्ट्राइटिस व्याक्टेरियाको सङ्क्रमणका कारणले गर्दा पनि हुन्छ ।

हेलिकोब्याक्टर पाइलरी (एच. पाइलरी) व्याक्टेरियाको सङ्क्रमणका कारण ग्यास्ट्राइटिस हुनेगर्छ । यसबाहेक पेट, आन्द्राका रोग, कलेजोका रोग, फोक्सोको रोग, पित्तथैलीको पत्थरीका साथै मुटु, मृगौला, मस्तिष्क, रक्तचाप, चिनीरोगलगायत दीर्घरोग, विभिन्न प्रकारका क्यान्सर वा कुनै पनि रोगका लागि लिइएको औषधिका कारण पनि ग्यास्ट्राइटिस हुनसक्छ ।

दुखाइ कम गर्ने औषधि (पेनकिलर), रक्सीको अत्यधिक सेवन, तनावका कारण वा निद्रामा समस्या भए, जङ्क फुडको सेवन, शरीरमा पानीको कमी भएको कारणले गर्दा पनि ग्यास्ट्राइटिस हुनसक्छ । एसिडिटी हुने, पेट पोल्ने, छाती पोल्ने, पेटमा ग्यास भरिने, पेट फुल्ने, थोरै खाए पनि अघाएजस्तो लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने, ढकार आउने, पाद आउने जस्ता ग्यास्ट्राइटिसका लक्षण हुन् ।

ग्यास्ट्राइटिसको समस्या भइरहे यसले अल्सर निम्त्याउने हुन्छ । र, लामो समयसम्ममा समस्याको उपचार नगरेको खण्डमा सामान्य सोचिएको ग्यास्ट्राइटिसले पेटको, सानो आन्द्रा वा ठूलो आन्द्राको क्यान्सरसमेत निम्त्याउन सक्छ ।

jackson ribon