birat ribon

निकास गाउँका चाम्लिङ भाइको सटीक र अनुभवी कुरा

Neuro
निकास गाउँका चाम्लिङ भाइको सटीक र अनुभवी कुरा

सिद्धपोखरी डाँडोको केही तल एक हजार सात सय ५० मिटर उचाइमा एउटा अन्डाकार पोखरी छ– रौता पोखरी । यस पोखरीको स्रोत र निकास देखिँदैन ।

रौता धेरै पुरानो पोखरी भएको कुरा यसको गाढा पानी र दलदल माटोले देखाउँछ । धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण र पूर्वमै नाम चलेको जलासयमध्ये एउटा हो, रौता पोखरी ।

cura insider

मैले रौता पोखरीको जैविक र पर्यावरणीय अध्ययन गरी आवश्यक तथ्याङ्क लिएँ । नमुनाको रूपमा युफ्लिक्टस र फेजरभेरियाका प्रजाति फेला पारेँ । विशेष गरेर मैले त्यस पोखरीको भूस्वरूप अवलोकन गरेर टिप्पणी बनाएँ ।

पुजारीसँग त्यस पोखरीको धार्मिक र सास्कृतिक विशेषताबारे जानकारी पनि लिएँ । पोखरीको उत्तर–पूर्वी मुहडा खुल्ला भएकाले सुनकोसीपारि खोटाङ जिल्लाका विभिन्न भूबनोट तथा गाउँ–बस्तीहरू प्रष्ट देखिन्छन् ।

रौता पोखरीको प्राकृतिक दृश्यावलोकन गर्दै केहीछिन बिताए पनि त्यहाँसम्म पुग्दा हिँड्नुपरेको उकालो–ओरालीले शक्ति क्षण भइसकेको थियो । पुजारीलाई यता कतै खाने ठाउँ पाइन्छ होला भनी सोद्धा तलको निकास गाउँ देखाइदिए । यसर्थ हामी तीनैजना तलको सानो गाउँतिर झ¥यौँ ।

निकै छकाल टरिसकेकाले खुब भोक लागिरहेको थियो । रौता पोखरीको पानीको निकास करिब दुई सय मिटर तलबाट निस्केको रहेछ । त्यही निकासको नाउँबाट त्यहाँ भएको सानो गाउँको नाम पनि निकास राखिएको रहेछ ।

बाटाको छेउमा दुईवटा जति घरहरू थिए । अन्य घरहरू टाढा–टाढा छरिएका देखिन्थे । तीमध्ये एउटा घरमा चिया–खाजा खाने व्यवस्था रहेछ । हामी सीधै त्यही पुगी खाना बनाउन लगाउँदै तातो चिया मगायौँ ।

कैलाशसर र माझीसर भोकले फुस्रै भइसकेका भए पनि चिया खाएपछि गफ गर्न थाल्नुभयो । म भने दोकाने भाइसँग त्यस गाउँमा पाइने उभयचर अर्थात् विशेषगरी पाहाबारे सोध्न थालेँ । ती भाइ चाम्लिङे बन्धु नै रहेछन् । तर उनको जीवन–साथी ताप्लेजुङतिरकी याक्थुम चेली रहिछन् । दुवै मिलेको जोडी र बोलैया पनि ।

विशेषगरी पाहाबारे सबै राईहरूले थोर–बहुत जानकारी राख्ने भएकाले ती भाइलाई यसबारे केरकार गर्न थालेँ । ती दोकाने भाइले तीन–चार प्रकारका पाहाहरू चिन्दछु भनेकाले झन् नजिकिएर अन्तरवार्ता लिन थालेँ ।

त्यहाँ पाइने फरक प्रकारका पाहाहरू मलाई पनि देखाइदिन सक्नुहुन्छ भनी सोद्धा दिउँसो त सकिन्न तर राति राँको बालेर गए देखाउन सक्छु भने । अब भाइको कुराले मलाई लोभ्यायो । त्यस रात त्यहीँ बस्ने उपाय सोच्न थालेँ ।

‘म यसै विषयमा अनुसन्धान गर्दै छु, के साँच्चै देखाउन सक्नुहुन्छ ?’ मैले अझ स्पष्ट हुन भनेर सोधिहालेँ ।
‘त्यसो भए तपाई जानैपर्दैन, म ल्याइदिउँला न त,’ भनी उनले जबाफ दिए ।
‘यसको वासस्थान पनि अध्ययन गर्नु छ यसर्थ मलाइ पनि लग्नुहोस् न भाइ,’ भनेर मैले दोकाने भाइलाई फकाएँ ।
‘हुन्छ तर हिँड्न सक्नुहुन्छ के ?’ भन्दै उनले मुन्टो हल्लाए ।

फुललाई रुङ्ने भाले पाहा हुन्छ, पोथी भने फुल पारेर अन्तै चर्न जान्छ । आहा ! कति सटीक र अनुभवी कुरा चाम्लिङ भाइको ! यस्तो कुरा मैले खोटाङ जिल्लातिर सर्वेक्षण गर्ने क्रममा पनि अलिअलि सुनेको थिएँ तर यसरी व्यावहारिक रूपमा आफ्नै आँखाले देखेको थिइनँ ।

दोकाने भाइ मानेपछि म कैलाशसरलाई फकाउनतिर लागेँ । किनभने उहाँको क्याम्पस भोलिदेखि सुरु हुने भएकोले जसरी होस् आजै फर्किने हाम्रो कार्यक्रम थियो ।

दोकाने भाइलाई सोद्धा बिहान चार बजे उठेर हिँडेमा आठ–नौ बजेसम्ममा गाईघाट जसरी पनि पुग्न सकिन्छ भनेका थिए । यसर्थ कैलाशसरलाई आज राति पाहा खोज्न जानुप¥यो, बरू भोलि बिहान चार बजे नै उठेर हिँडौला भनेर बस्न आग्रह गरेँ ।

मेरो कुरा सुनेर कैलाशसर एकछिन त अनकनाउनुभयो अनि ‘तपाईको अनुसन्धानमा टेवा पुग्छ भने ठिकै छ,’ भन्नुभयो । यतिकैमा खाना तयार भएको दोकाने बैनीले खबर गरिन् ।

खाना खाइसकेपछि कैलाशसरको गफ सुरू भयो । तर दोकाने भाइ झन् धेर गफाडी रहेछन् । दुवैको गफ पालैपालो सुन्दा–सुन्दै झमक्क साँझ प¥यो ।

अनुसन्धान–सर्वेक्षणताका खिचिएको, १९४६ मिटर उचाइमा रहेको उदयपुर जिल्लास्थित प्रसिद्ध रौता पोखरी (२०५६)

साँझ पख चामलिङ भाइले बाँसको चिर्कटाको राँको बनाए । मैले पनि कप्टेरा चिर्न सघाएँ । दुईवटा पुल्ठो तयार भयो । मसँग थर्मामिटर, अल्टिमिटर, क्यामरा आदि उपकरण छँदैथियो ।

दुवै सरहरूलाई होटलमै छोडेर म र ती दोकाने चामलिङ भाइ खोलातिर लाग्यौँ । नौलो ठाउँ, ती भाइ राँको बोकेर अघि–अघि हिँडे । म भने पछि–पछि अन्य भ्यागुता, छेपारा, सर्प आदि भेटिन्छन् कि भनी बाटोको तल–माथि हेर्दै पछ्याइरहेको थिएँ ।

ती भाइले एउटा सानो पहाडी खोलामा पु¥याएर पाहा पाइने एउटा खोला चाहिँ यही हो भन्दै देखाउ । लगत्तै उनी ढुङ्गाको चेपाचेपीमा पाहा खोज्न थाले । मैले पनि त्यसैगरी खोजेँ ।

तर गड्यौलाबाहेक केही भेटिएन । अहिलेसम्म यहाँ फर्केको रहेनछ भन्दै अझ तलतिर लागे । त्यहाँ निकै ठूलो दह रहेछ । दोकाने भाइले त्यहाँ पनि पहिलेकै जस्तो चेपाचेपी खोज्न थाले । त्यहाँ भने पाहाका फुलहरू भेट्याएछन् । मलाई नजिक बोलाएर भने– ‘लौ हेर्नुस् दाइ, यसरी पाहाले फुल पार्छन् ।’

राम्ररी हेर्दा अनारको दानाझैँ चाका परेको देखेँ । मलाई पनि त्यो पाइएको ठाउँ देखाउन भनेँ । उक्त चेपामा हात घुसारेर खोज्दा च्याप्टो ढुङ्गाको माथिल्लोपट्टि चाका परेको फुल वा अन्डा (स्पाउन) टाँसिएर बसेको रहेछ ।

भाइले भन्दै गए– यो कुरमा यस फुललाई रुङ्ने भाले पाहा हुन्छ, पोथी भने फुल पारेर अन्तै चर्न जान्छ । आहा ! कति सटीक र अनुभवी कुरा चाम्लिङ भाइको ! यस्तो कुरा मैले खोटाङ जिल्लातिर सर्वेक्षण गर्ने क्रममा पनि अलिअलि सुनेको थिएँ तर यसरी व्यावहारिक रूपमा आफ्नै आँखाले देखेको थिइनँ ।

त्यस दहको तल–माथि खोज्दा दुइटा पाहा भेटिए । ती दुईमध्ये एउटा कलिलो (जुभेनाइल) मनपाहा (न्यानोराना लिबिजी) थियो भने अर्काे तितेपाहा (एमोलोप्स) जातिको थियो ।

मैले अझ तलसम्म खोज्न जाउँ भनेँ तर उनले राँको निभ्न लागेकोले फर्कौँ भने । मैले पनि कुनै नाइँनास्ती नगरी हुन्छ भनेँ । त्यस रातको स्थलगत सर्वेक्षणमा मन पाहाको वासस्थान (कुर)बारे राम्रोसँग अध्ययन गर्न पाइएकोमा खुसी हुँदै होटल फक्र्याैँ ।

होटल पुग्दा झन्डै दस बज्न लागेको थियो । पाहासम्बन्धी परम्परागत ज्ञानका धनी चामलिङ भाइलाई धेरै–धेरै धन्यवादसहित आभार व्यक्त गरेँ । दुवै सरहरू सुतिसक्नु भएको थियो । म भने दुर्लभ पाहाको यो मौलिक बासस्थानलाई भविष्यमा जोखिमबाट कसरी बचाउन सकिएला भनी सोचिरहेको थिएँ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon