birat ribon

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ जारी

Neuro
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ जारी

विराटनगर / संसद् (प्रतिनिधिसभा) विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ ।

आज (आइतबार) पनि रिटमाथि सुनुवाइ हुने छ । यसअघि गत शुक्रबार पहिलो सुनुवाइ भयो । कानुन व्यवसायीको बहस नसकिएपछि आज पनि मुद्दामा सुनुवाइ हुने भएको हो ।

cura insider

शुक्रबार दिउँसो ३ बजेसम्मका लागि सुनुवाइको समय तोकिएको भए पनि कानुनविद् गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि सुनुवाइ स्थगित गरिएको थियो । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विभाजनको फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।

बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए ।

इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद् विघटन गरेकी हुन् । यसअघि पनि पुस ५ गते गरिएको संसद् विघटनलाई सर्वोच्चले बदर गरिएको थियो । संवैधानिक इजलासमा पछिल्लो पटक गरिएको प्रतिनिधिसभा विघटन सम्बन्धमा ३० वटा रिट दर्ता भएका छन् । केही रिट सरकारको पक्ष र अधिकाङ्श विपक्षमा छन् ।

आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । यस्तै विपक्षी गठबन्धनले संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेपछि सर्वोच्चमा सुनुवाइ सुरु भएको हो ।

jackson ribon