birat ribon

२३ वर्ष कम उमेरकी प्रेमिकासँग बेलायतका प्रधानमन्त्रीको गोप्य बिहे

Neuro
२३ वर्ष कम उमेरकी प्रेमिकासँग बेलायतका प्रधानमन्त्रीको गोप्य बिहे

विराटनगर / उमेरमा आफूभन्दा २३ वर्ष कमकी प्रेमिकासँग बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गोप्य रुपमा बिहे गरेका छन् ।

बोरिसले प्रेमिका केरी साइमण्ड्ससँग वेस्टमिनिस्टर चर्चमा नेपाली समयअनुसार शनिबार विवाह गरेका हुन् । यो जोडीले छ महिनाअघिदेखि गरेको बिहेको तयारीका बारेमा थोरैलाई मात्रै जानकारी थियो ।

cura insider

परिवारका र नजिकका साथीभाइ गरेर सीमित ३० जना पाहुनाको उपस्थितिमा उनीहरुको बिहे भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । यसअघि उनीहरुले ३० जुलाई २०२२ मा मात्र विवाह गर्ने चर्चा थियो । तर उनीहरुले बिहे गोप्य रुपमा गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

बोरिस जोन्सन तथा केरी साइमण्ड्सले सन् २०१९ मै इन्गेज्मेन्ट गरेका थिए । तर तीव्र रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण उनीहरुले २०२० मा विवाह गर्न सकेनन् ।

केही साताअघि मात्र उनीहरुले आगामी वर्षको जुलाई ३० मा विवाह गर्ने समाचार सार्वजनिक भएको थियो । गत वर्षको फेब्रअरी महिनामा केरी साइडण्ड्सले दुवै जनाको इन्गेज्मेन्ट भएको तथा चाँडै नै विवाह गर्ने सार्वजनिक गरेकी थिइन् ।

जोन्सन प्रधानमन्त्री भएदेखि २०१९ देखि नै उनीहरु डाउनिङ स्ट्रीटमा सँगै बस्दै आइरहेका थिए । अघिल्लो वर्ष उनीहरुले छोरा जन्माएका थिए । जसको नाम बिल्फ्रेड लरी निकोलस जोन्सन हो ।

जोन्सनले यसअघि दुईवटा विवाह गरेको भए पनि दुवै जनासँग सम्बन्ध विच्छेद भइरहेको छ । बेलायती प्रधानमन्त्रीले २०१९ मा केरी साइमण्ड्ससँग विवाहको प्रस्ताव राखेका थिए । त्यसको केही दिनपछि नै आफ्नो पार्टीले चुनाव जितेपछि बोरिस जोन्सन बेलायतका प्रधानमन्त्री बनेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: