birat ribon

मुलुकका केही स्थानमा वर्षाको सम्भावना

Neuro
मुलुकका केही स्थानमा वर्षाको सम्भावना

विराटनगर / मुलुकका केही स्थानमा आज (आइतबार) वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बङ्गालको खाडीमा विकसित भएको यास चक्रवातको प्रभाव कमजोर बन्दै गइरहेको छ । यसको प्रभाव कमजोर बने पनि केही स्थानमा पानी पर्ने सम्भावना रहेको बताइएको छ । बिहानैदेखि प्रदेश १ को राजधानी विराटनगर लगायत मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

cura insider

हाल नेपालमा चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशका अधिकाङ्श भूभागमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक दुई स्थानमा वर्षा भइरहेको छ ।

प्रदेश १ को तराई भूभागमा र प्रदेश २ को थोरै स्थानमा पनि मेघ गर्जनसहित वर्षा भइरहेको छ । महशाखाले आइतबार दिनभर देशभर आङ्शिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

jackson ribon