birat ribon

सिटीमाथि जित निकाल्दै चेल्सी बन्यो युरोपियन च्याम्पियन

Neuro
सिटीमाथि जित निकाल्दै चेल्सी बन्यो युरोपियन च्याम्पियन

विराटनगर / युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि इङ्ग्लिस क्लब चेल्सीले जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमाथि १–० गोलको जित निकाल्दै चेल्सीले ट्रफी उचालेको हो ।

पोर्चुगलस्थित पोर्टोमा चेल्सीलाई उपाधि जिताउन काइ हार्भट्जले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाएका हुन् ।

cura insider

यससँगै चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बनेको छ । उसले यसअघि २०१२ मा उपाधि जितेको थियो । सन् २००८ मा भने ऊ म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै उपाधिबाट जित्नबाट बञ्चित भएको थियो ।

त्यसअघि चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई स्तब्ध बनाउँदै उपाधि नजिक स्थान बनाएको हो । यता, सिटीले भने सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: