birat ribon

च्याम्पियन्स लिग फाइनल : पहिलो हाफमा सिटीमाथि चेल्सीको अग्रता

Neuro
च्याम्पियन्स लिग फाइनल : पहिलो हाफमा सिटीमाथि चेल्सीको अग्रता

विराटनगर / युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेलमा उपाधिका लागि इङ्ग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीले उपाधिका प्रतिस्पर्धा गरिरहेका छन् ।

पोर्चुगलको पोर्टोमा जारी खेलको पहिलो हाफमा चेल्सीले अग्रता बनाएको छ । खेलको ४२औँ मिनेटमा काइ हार्भट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका हुन् । उनले मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई पहिलो हाफभरि अग्रता दिलाएका हुन् ।

cura insider

यस खेलमा चेल्सी र सिटी एक-अर्कामाथि जित निकाल्दै युरोपियन च्याम्पियन बन्ने दौडमा छन् । यसअघि सिटीले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो भने चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई स्तब्ध बनाउँदै उपाधि नजिक स्थान बनाएको हो ।

सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दौडमा छ भने चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बन्ने दाउमा छ । चेल्सीले यसअघि २०१२ मा उपाधि जितेको थियो । सन् २००८ मा भने ऊ उपाधिबाट बिमुख भएको थियो ।

jackson ribon