birat ribon

प्रदेश १ मा नौं सय ९५ जनाले जिते कोरोना, सात सय एक थपिए सङ्क्रमित

Neuro
प्रदेश १ मा नौं सय ९५ जनाले जिते कोरोना, सात सय एक थपिए सङ्क्रमित

विराटनगर / शनिबार प्रदेश १ मा सात सय एक कोरोना सङ्क्रमित थपिदा ९ सय ९५ जना सङ्क्रमण मुक्त भएका छन् ।

मोरङबाट सबैभन्दा बढी ३४६ जना सङ्क्रमण मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष सङ्क्रमणमुक्त भएका छ । यो सँगै प्रदेशमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३५ हजार ५ सय ३२ पुगेको छ ।

cura insider

शनिबार मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा ३–३, ते¥हथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६७ महिला र ७८ पुरुष सहित १४५, सुन्दरहरैचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको दमकमा ५८, विर्तामोडमा ३९, भद्रपुरमा २३, अर्जुनधारामा २१, शिवसताक्षीमा ११, कनकाईमा १५, मेचीनगरमा १२, बुद्धशान्तिमा ८, बा¥हदशीमा ७, गौरीगञ्ज र कमल गाउँपालिकामा ३–३, कचनकवल र स्थानीय तह नखुलेका २–२, गौरादहमा १ , सुनसरीको धरानमा ५३, इटहरीमा ४३, दुहवीमा ६, बर्जुमा ५, इनरुवा र बराहक्षेत्रमा ४–४, रामधुनीमा ३, गढी र स्थानीय तह नखुलेका २–२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनकुटाको शहिदभूमीमा २०, धनकुटा नगरपालिकामा १९, महालक्ष्मीमा ८, पाख्रिवासमा ५, छथरमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको पाँचखपनमा २०, खाँदबारीमा १३, धर्मदेवीमा ४, सिलिचोङ, मकालु र सभापोखरीमा १–१, खोटाङको खोटेहाङमा १२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, माई, सुर्योदय, माङ्सेवुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ते¥हथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

याेसँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९८७ पुगेको छ ।

jackson ribon