birat ribon

आगामी वर्ष एक हजार ६ सय २९ मेगावाट विद्युत त राष्ट्रिय प्रशारण लाइनमा जाेडिने

Neuro
आगामी वर्ष एक हजार ६ सय २९ मेगावाट विद्युत त राष्ट्रिय प्रशारण लाइनमा  जाेडिने

विराटनगर / आगामी आर्थिक वर्ष १ हजार ६ सय २९ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने सरकारले अनुमान गरेको छ ।

अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोसीसहित विभिन्न आयोजनाबाट राष्ट्रिय प्रसारणमा एक हजार ६ सय २९ मेगावाट बिजुली जोडिने बताएका हुन् ।

cura insider

माथिल्लो तामाकोसीबाट २२८, रसुवागढीबाट ११, सान्जेनका दुई आयोजनाबाट ५६, माथिल्लो त्रिशुली थ्रीबीबाट ३७, राहुघाटबाट ४०, मध्यभोटेकोसीबाट १०२ र निजी क्षेत्रका आयोजनाबाट १५५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने उनले बताए ।

jackson ribon