birat ribon

कोरोना नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड

Neuro
कोरोना नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड

काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोभिड उपचार र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको जनाएका हुन् ।

cura insider

उनले सरकारले महामारीको उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीलाई खोपको सुनिश्चितताका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

कोभिड उपचारका लागि अक्सिजन प्लान्टलगायत आवश्यक पर्ने सम्पूर्ण कामका लागि आजश्यक बजेट व्यवस्था गरिएको छ । एक सय शय्याभन्दा बढीका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट स्थापनाका लागि सरकारले सहयोग गर्ने भएको छ । सरकारले कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि चार अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी कोभिड उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने भएको छ । कोभिड सङ्क्रमितका लागि सबै प्रकारका अस्पतालबाट उपचार हुने व्यवस्था गरिने पनि मन्त्री पौडेलले जानकारी दिए ।

सङ्घीय संसदमा पेस गर्न सम्भव नभए पनि अध्यादेशमार्फत सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । यसअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी थिइन् ।

संसद नभएपछि सरकारले संविधानमा भएको व्यवस्थाअनुसार अध्यादेशमार्फत बजेट ल्याएको हो । संविधानमा हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

jackson ribon