birat ribon

यस्ता छन् भारतमा देखिएकाे एस्परजिलोसिसको लक्षण

Neuro
यस्ता छन् भारतमा देखिएकाे एस्परजिलोसिसको लक्षण

विराटनगर / भारतमा एस्परजिलोसिस नामक अर्को फङ्गल सङ्क्रमण देखिएको छ । ब्ल्याक, ह्वाइट र यल्लो फङ्गस पछि एस्परजिलोसिस कोभिडबाट निको भएका बिरामीमा देखापरिरहेको हो ।

बिहीबारसम्म वडोदरामा एस्परजिलोसिसका आठ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार एस्परजिलोसिस एस्परजिलस (फङ्गसको एक प्रकार) का कारणले हुने सङ्क्रमण हो, जुन घरभित्र वा वातावरणमा पाइन्छ ।

cura insider

दिनदिनै सासमार्फत् एस्परजिलसको स्पोर्स शरीरभित्र पसे पनि धेरै व्यक्तिहरू बिरामी हुने गर्दैनन् । तर, कमजोर प्रतिरक्षा प्रणाली, फोक्सोको रोग भएका मानिसलाई एस्परजिलसका कारण स्वास्थ्य समस्या उत्पन्न हुने जोखिम उच्च हुन्छ । एस्परजिलसको सङ्क्रमण भएका व्यक्तिमा विभिन्न लक्षण देखिने हुन्छ ।

ज्वरो कोरोना भाइरसको प्रारम्भिक लक्षण हो, जुन हल्का अवस्थामा चारदेखि पाँच दिनसम्म रहन्छ । तर, ज्वरो सङ्क्रमणपछि पुनः फिर्ता आएमा फङ्गल सङ्क्रमणका कारण भएको हुनसक्छ । फङ्गस फोक्सोमा फैलिँदा यसले टिश्युहरूलाई हानी पुर्‍याउन सक्छ । जसकारण सास फेर्न गाह्रो हुने हुन्छ । सङ्क्रमण तीव्र रूपमा फोक्सोमा फैलँदा लगातार खोकी लाग्ने समस्याको सामना गर्नुपर्ने हुन्छ ।

केही अवस्थामा, खोक्दा रगतको थोरै मात्रामा पनि देखिन सक्छ । फङ्गस नाकमार्फत शरीरमा प्रवेश गर्दा यसले मुख्यतः साइनस र फोक्सोलाई असर गर्छ र त्यसपछि दिमागतिर फैलिएर जान्छ । जसकारणले टाउको दुख्ने, आँखा पोल्ने, चिलाउने र दुख्ने हुनसक्छ । प्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा, र फङ्गसको कारण अत्यधिक थाकेको महसुस हुनसक्छ । साधारण दैनिक कार्य गर्न पनि गाह्रो हुनसक्छ ।

फङ्गल सङ्क्रमण छालामा पनि फैलिन सक्छ जसले छालामा जलन, रातोपन, सुन्निने, फोका आउने तथा चिलाउने हुनसक्छ । लक्षणहरूले अन्य प्रकारको फोक्सो सङ्क्रमण जस्तै नक्कल गर्ने हुँदा एस्परजिलोसिस भएमा सङ्क्रमण भएको पहिचान गर्न गाह्रो हुनसक्छ । सामान्यतया फोक्सोको टिसुहरूको परीक्षण गर्न बायोप्सी, छातीको एक्स–रे, फोक्सोको सिटी स्क्यान र खकारको जाँच तथा रक्त परीक्षण गरेर सङ्क्रमण भएको पत्ता लगाउन सकिन्छ ।

प्रारम्भिक चरणमा सङ्क्रमण पत्ता लागेमा, सङ्क्रमणलाई सजिलैसँग औषधिको सहयताले उपचार गर्न सकिन्छ । एस्परजिलोसिसको उपचारमा ब्ल्याक र ह्वाइट फङ्गसको सङ्क्रमण हुँदा प्रयोग गरिने एन्टिफङ्गल औषधिकै प्रयोग गरिन्छ । तर, सङ्क्रमण शरीरको अन्य भागहरूमा फैलिएमा शल्यक्रिया गर्नुबाहेक अन्य विकल्प नहुन सक्छ ।

jackson ribon