birat ribon

प्रश्न सुन्दा सामान्य लाग्छ तर अवस्था गम्भीर छ

Neuro
प्रश्न सुन्दा सामान्य लाग्छ तर अवस्था गम्भीर छ

गणतन्त्र दिवसका अवसरमा कन्टिर–बाबू सबैलाई शुभकामना दिन्छन् । आजैको दिन अर्थात् २०६५ सालको जेठ १५ गते नेपाल औपचारिक रूपमा लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो ।

मुलुकमा गणतन्त्र आयो भन्दा अरूजस्तै कन्टिर–बाबू पनि असीमित खुसी भएका थिए । कन्टिर–बाबूलाई आज पनि याद छ, त्यस दिन नेपाल पत्रकार महासङ्घले गणतन्त्र प्राप्तिको खुसियाली साट्न एक विशेष कार्यक्रम आयोजना गरेको थियो ।

cura insider

त्यस बेलाका स्थापित सबैजसो दलका शीर्ष नेताको सहभागिता रहेको त्यस कार्यक्रममा कन्टिर–बाबू पनि सहभागी थिए । तर आज अतीततर्फ फर्केर मूल्याङ्कनको प्रयत्न गर्दा कन्टिर–बाबूलाई लाग्छ– मुलुक र मुलुकीको अवस्था हात्ती आयो, हात्ती आयो फुस्सा भनिए जस्तो भयो ।

गणतन्त्र स्थापनाको एक सरोकारवालाको हैसियतले स्पष्ट भन्नुपर्छ– कन्टिर–बाबू आजको गणतन्त्रको अवस्थाप्रति सन्तुष्ट छैनन् । यो उनले सोचेको जस्तो अवस्था हुँदै होइन । उसबेला कन्टिर–बाबूले सोचेको जस्तै धेरैको मनमा एक आदर्श चित्र कोरिएको थियो ।

हालसम्म केन्द्रीय सरकारले जे–जस्तो रवैया देखाएको छ, त्यस आधारमा विश्लेषण गर्दा सन्तुष्ट हुन सकिने अवस्था छैन ।

अरे यार, पहिले एक जना राजा थिए । उनको काम गराइप्रति असन्तुष्टि चुलियो र देशमा गणतन्त्र स्थापना भयो । तर अहिले ? अनेक व्यक्ति राजाजस्तो अवस्थामा पुगेका छन् । हिजोका केही फटेहालहरूको हैसियत आज आकासिएर कहाँबाट कहाँ पुग्यो ? सीमान्तकृत बहुदा जनताको थाप्लोमा चाहिँ दोब्बर ऋणको भारी ?

विदेशबाट एटिएममा आएको पैसा गनेर मक्ख पर्ने तर विदेशबाट बाकसमा आएका लास देखेर दुःखी नहुने गणतन्त्र, के गणतन्त्र ? कन्टिर–बाबूलाई ताज्जुब लाग्छ हिजो गणतन्को पक्षमा आन्दोलनमा सहभागी हुनेहरू आज लुटतन्त्रको पहरेदार कसरी भए ?

भन्नुहुन्न, कतिलाई पोल्छ फेरि ! राजालाई प्रवृत्ति मान्ने हो भने यहाँ अनेक प्रकारका राजा छन् हिजोआज । हिजो एउटा राजाविरुद्ध आन्दोलन गरिएको थियो । प्रश्न उठ्छ– भुरे–टाँकुरे अनेक उपनामका राजाविरुद्ध चाहिँ अब के गर्ने ? प्रश्न बडो गम्भीर छ । अवस्था मधेसतिर प्रचलित एक भनाइसँग हुबहु मिलिरहेको छ– देखन मे छोट लगे घाव करे गम्भीर । अघि कन्टिर–बाबूले सोझ्याएको प्रश्न सुन्दा सामान्यजस्तो लाग्ला तर सारमा गम्भीर छ ।

आजको सन्दर्भमा नेपालसामु दुईवटा चुनौती छन् । पहिलो, सङ्घीय गणतन्त्रको कार्यान्वयन र दोस्रो संविधानको कार्यान्वयन । कार्यान्वयनमात्र होइन, विधि र पद्दतिअनुसार सही कार्यान्वयन ।

अवस्था ठिक उल्टो छ । उल्टो त कतिसम्म छ भने कतिपय गणतन्त्रका ठेकेदारहरू नै जनताका मनमा गणतन्त्रप्रति वितृष्णा र राजतन्त्रप्रति आकर्षण बढाउने काम गरिरहेका छन् ।

कन्टिर–बाबूको मत छ– संविधानअनुसार यी दुवै चुनौती पार लगाउने मुख्य जिम्मेवारीको नेतृत्व सङ्घीय सरकारले नै गर्नुपर्छ । तर यो कार्य त्यति सहज छैन । खासमा हालसम्म केन्द्रीय सरकारले जे–जस्तो रवैया देखाएको छ, त्यस आधारमा विश्लेषण गर्दा सन्तुष्ट हुन सकिने अवस्था छैन ।

नेपालीमा एउटा उखान छ– जो अगुवा उही बाटो फोहोर गरुवा । नेपालको सरकारको अवस्था यस्तै छ । गणतन्त्र जोगाउने जिम्मेबारी पाएको सरकारका क्रियाकलाप त्यसअनुकूल देखिैनन् । अर्काेतर्फ हिजोका राजतन्त्र समर्थकहरूले झस्केलाबाट संवैधानिक राजतन्त्रको कुरा उठाउन छाडेका छैनन् ।

कन्टिर–बाबूलाई लाग्छ– यति बेलासम्म अर्थात् १३ वर्षमा जनता मनबाट राजतन्त्रको नाम त के छायासम्म पनि बिर्साउन सक्नुपर्थ्यो गणतन्त्रले । तर अवस्था ठिक उल्टो छ । उल्टो त कतिसम्म छ भने कतिपय गणतन्त्रका ठेकेदारहरू नै जनताका मनमा गणतन्त्रप्रति वितृष्णा र राजतन्त्रप्रति आकर्षण बढाउने काम गरिरहेका छन् ।

जहाँसम्म राजनीतिक आकाङ्क्षाको कुरा छ, पूर्वराजालाई पनि नागरिकका रूपमा राजनीति गर्ने अधिकार छ । कि कसो हो गणतन्त्रका नाममा आफूलाई राजासरह ठान्ने कथित गणतन्त्रवादीहरू हो ?

jackson ribon