birat ribon

लक्षण नदेखिए १० दिनमा आइसोलेसन मुक्त

Neuro
लक्षण नदेखिए १० दिनमा आइसोलेसन मुक्त

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गर्नका लागि पिसिआर विधिबाट परीक्षण हुँदै आएको छ ।

सङ्क्रमण पुष्टि भएपछि वा पिसिआर विधिबाट परीक्षणबाट रिपोर्ट पोजिटिभ आएपछि डाक्टरको सल्लाह र सुरक्षा सतर्कता अपनाएर आइसोलेसनमा बस्नुपर्ने हुन्छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्लमोनोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डा. पुरु कोइरालाका अनुसार आइसोलेसन बसेको १० दिनसम्म पनि कुनै लक्षण नदेखिएमा आइसोलेसनबाट बाहिर निस्किन सकिन्छ ।

cura insider

सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएमा १० दिनमा पिसिआर परीक्षण नगरी आइसोलेसनबाट निस्किन सकिने उनको भनाइ छ । उनका अनुसार पिसिआर विधिबाट परीक्षण गरेपछि रिपोर्ट पोजिटिभ आएमा १२ हप्तासम्म परीक्षण गरे पनि रिपोर्ट पोजिटिभ आउने सम्भावना ८० प्रतिशतभन्दा माथि रहन्छ ।

शरीरमा भएको भाइरस नभएर भाइरसको डेड पार्टिकललाई पिसिआर मेसिनले टिप्न सक्ने हुँदा केही अवस्थामा बाहेक पुनः परीक्षण गरिराख्न जरुरी हुँदैन । र, कुनै लक्षण नदेखिएको खण्डमा आइसोलेसनबाट निस्केर सामान्य जीवनशैलीमा फर्किन सकिन्छ । तर, लक्षण देखिएका मानिसले भने १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने उनले बताए ।

सङ्क्रमितले आफूमा देखिएको लक्षणलाई मनिटर गर्नुपर्ने हुन्छ । ‘ज्वरो, रुघाखोकी, स्वादका समस्या निको भयो कि भएन भनेर हेर्ने,’ उनले भने, ‘यी सबै समस्या निको भएकोजस्तो लागेमा १४ दिनपछि परीक्षण नगरी पनि आइसोलेसनबाट निस्किएर सामान्य जीवनशैलीमा फर्किन सकिन्छ ।’

तर, अहिलेको लहरमा सङ्क्रमण भएको पहिलो सातदेखि १२ दिनमा ज्वरो आउने, सामान्य रुघाखोकी लाग्ने जस्ता समान्य लक्षण मात्र देखापरिरहेको डा. कोइराला बताउँछन् । र, सङ्क्रमण भएको १२औँ दिनपछि निमोनियाका लक्षण देखिने, श्वासप्रश्वासमा समस्या हुने, शरीरमा अक्सिजनको स्तर कम हुने वा सङ्क्रमण गम्भीर भइरहेको देखिएको छ ।

jackson ribon