birat ribon

प्रतिबन्ध छल्न आकाशमा विवाह

Neuro
प्रतिबन्ध छल्न आकाशमा विवाह

विराटनगर / कोरोना महामारीका कारण प्रभावित बनेको भारतमा एक जोडीले आकाशमा विवाह गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध छल्न विमान भाडामा लिएर विवाह गरेका हुन् ।

१५० भन्दा बढी निम्तालुहरूको बीच उडिरहेको विमाान भित्र विवाह गरेका हुन् ।

cura insider

सामाजिक सञ्जालमा राखिएका भिडियोमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ ।

विवाह तामिलनाडुमा भएको हो । महामारी रोक्न ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरिएको छ ।

विवाहको फोटो भिडियो सार्वजनिक भएपछि भारतीय उड्डयन निकायले स्पाइसजेटको उडानका कर्मचारीमाथि अनुसन्धान सुरु गरेको द टाइम्स अफ इन्डियाले जनाएको छ । बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए ।

jackson ribon