birat ribon

एक सातापछि चीनको रोभर मङ्गल ग्रहको सतहमा गुड्यो

Neuro
एक सातापछि चीनको रोभर मङ्गल ग्रहको सतहमा गुड्यो

विराटनगर / चीनको पहिलो मार्स रोभर मङ्गल ग्रहको सतहमा गुड्न थालेको छ ।

चीन राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार गत साता मङ्गल ग्रहमा अवतरण गरेको रोभर आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट ग्रहको सतहमा गुड्न थालेको हो । चीनले गत शनिबार मङ्ल ग्रहमा रोभर बोकेको अन्तरिक्षयानलाई सफलतापूर्वक अवतरण गरेको थियो । मङ्गल ग्रहमा रोभर सञ्चालन गर्ने चीन अमेरिकापछि दोस्रो देश हो ।

cura insider

आगोका देवता अर्थ लाग्ने छ चक्का भएको जुरोङ रोबटले उक्त ग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दै छ । वैज्ञानिकहरूले यानले मङ्गल ग्रहमा कम्तीमा ९० दिन काम गर्दै त्यस वरपरको भूगर्भ र ग्रहमा जीवनको शेष छ वा छैन भनेर अध्ययन गर्ने अपेक्षा गरेका छन् । उक्त यानको तौल दुई सय ४० किलो छ त्यसले सौर्य ऊर्जाबाट काम गर्छ ।

गत बुधबार जुरोङले मङ्गल ग्रहमा खिचिएको तस्बिर अर्बिटरमार्फत् पठाएको थियो । हाल मङ्गल ग्रहको सहतमा पर्सिभिअरन्स यान र सानो हेलिकप्टर ‘इन्जेनुइटी’ सहित अमेरिकाको पनि मङ्गल ग्रहमा अध्ययन चलिरहेको छ ।

jackson ribon