birat ribon

एक सातापछि चीनको रोभर मङ्गल ग्रहको सतहमा गुड्यो

Neuro
एक सातापछि चीनको रोभर मङ्गल ग्रहको सतहमा गुड्यो

विराटनगर / चीनको पहिलो मार्स रोभर मङ्गल ग्रहको सतहमा गुड्न थालेको छ । चीन राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार गत साता मङ्गल ग्रहमा अवतरण गरेको रोभर आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट ग्रहको सतहमा गुड्न थालेको हो ।

चीनले गत शनिबार मङ्ल ग्रहमा रोभर बोकेको अन्तरिक्षयानलाई सफलतापूर्वक अवतरण गरेको थियो । मङ्गल ग्रहमा रोभर सञ्चालन गर्ने चीन अमेरिकापछि दोस्रो देश हो । आगोका देवता अर्थ लाग्ने ६ चक्का भएको जुरोङ रोबर्टले उक्त ग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दै छ ।

cura insider

वैज्ञानिकहरूले यानले मङ्गल ग्रहमा कम्तीमा ९० दिन काम गर्दै त्यसवरपरको भूगर्भ र ग्रहमा जीवनको सङ्केत छ वा छैन भनेर अध्ययन गर्ने अपेक्षा गरेका छन् । उक्त यानको तौल दुई सय ४० किलो छ त्यसले सौर्य उर्जाबाट काम गर्छ ।

गत बुधबार जुरोङले मङ्गलग्रहमा खिचिएको तस्विर अर्बिटरमार्फत पठाएको थियो । हाल मङ्गल ग्रहको सहतमा पर्सिभिअरन्स यान र सानो हेलिकप्टर ’इन्जेनुइटी’ सहित अमेरिकाको पनि मङ्गल ग्रहमा अध्ययन चलिरहेको छ ।

jackson ribon