birat ribon

खजबजिएको पारिस्थितिक प्रणाली, सुकेको सिद्धपोखरी

Neuro
खजबजिएको पारिस्थितिक प्रणाली, सुकेको सिद्धपोखरी

भोलिपल्ट बिहानै रौतापोखरी घुम्न निस्क्यौँ । यात्रामा तीन जना सहयात्री थियौँ ।

सिमेन्ट, चुनढुङ्गे खानीदेखि उकालो सुरु भयो । ढुङ्गा निकाल्दा चार–पाँच सय मिटर माथिसम्मको भाग नाङ्गो पहिरो गएजस्तो देखिन्थ्यो । यसरी सिमेन्ट कारखानाका लागि निकालिएको चुनढुङ्गाले पहाडी पारिस्थितिक प्रणालीलाई नै नराम्रो असर पारेको प्रत्यक्ष अध्ययन गरियो ।

cura insider

सहयात्रीमध्ये माझीसर तराईबासी भएकोले उकालो चढ्न गाह्रो पर्ला कि भनी सोध्यौँ । उहाँले ‘सक्छु’ भन्नुभएकाले हामी ढुक्क भएर उकालो चढ्न थाल्यौँ । कैलाशसर खोटाङवासी भएकोले पहाडी बाटो हिँड्न कुनै समस्या थिएन ।

यता दुई जना सर गफ गर्दै हिँड्थे, उता म भने आफ्नै सुरमा थिएँ । हर्पेटोफाउनाको कुनै नमुना भेटिन्छ कि भनी दाया–बायाँ खोज्दै हिँड्दा कहिले अघि पर्थेँ त कहिले पछि ।

यसरी हामी ढुङ्गेखानीको शिरसम्म पुग्दा हँसीखुसीसाथ गफ गर्दै चढ्यौँ । त्यसपछि घाम पनि चर्किन थाल्यो, जिउ पसिनाले लछ्रप्प भिज्यो । पसिना धेर गएपछि तिर्खाले सताउन थाल्यो ।

छेउछाउ पानी खाने धारा कतै देखिँदैनथे । निकैमाथि बाटोको छेउमा एउटा घर देखियो । तराईमा बसेकाले उकालो–ओरालो हिँड्ने बानी छुटिसकेको थियो । त्यति उकालो चढ्दा नै खुट्टा गल्न थालिसकेको थियो ।

हामी बल्लतल्ल परबाट देखिएको बाटोछेउको घरमा पुग्यौँ । भाग्यवश त्यो घर चिया दोकान रहेछ । हामीले त्यही बसेर चिया–खाजा खायौँ ।

६ घन्टा जति उकालो हिँडेपछि एक हजार नौ सय मिटर उचाइमा रहेको रौताडाँडाको टुप्पामा पुग्यौँ । त्यहाँ पुग्दा आकाशै पुगे जस्तो लाग्यो । दक्षिणतिर हामी आएको मुर्कुची अप्ठेरो बाटो सम्झाउँदै मुस्कुराइरहेको थियो ।

मैले ती चियादोकानेलाई त्यस ठाउँको उभयचर तथा सरीसृपहरूबारे सोधेँ । छेउछाउका खोला, सिमसार वा खेतबारे सोध्दै कुनै भ्यागुता, छेपारो वा सर्प भेटिए राखी दिन अनुरोध गरेँ ।

हामीले रौताडाँडा चढ्ने क्रमलाई पुनः निरन्तरता दियौँ । निकै उकालो बाटो आएपछि गफ गराइ कम र बिसाउनी धेरै भयो । तर हामी निरन्तर हिँडिरह्यौँ । म बाटो छेउछाउका ढिस्का, चट्टान तथा पोथ्रा–पोथ्रीहरू केलाउँदै हिँडिरहेको थिएँ । त्यो उकालीमा बगैँचे छेपारो र कासे भालेमुङ्ग्रो अधिक मात्रामा देखिए ।

अनुसन्धान-सर्वेक्षण यात्राका क्रममा रौताडाँडोको रमिते भन्ज्याङछेउ सिद्धपोखरी अवलोकन गर्दै लेखक (२०५६)

६ घन्टा जति उकालो हिँडेपछि एक हजार नौ सय मिटर उचाइमा रहेको रौताडाँडाको टुप्पामा पुग्यौँ । त्यहाँ पुग्दा आकाशै पुगे जस्तो लाग्यो । दक्षिणतिर हामी आएको मुर्कुची अप्ठेरो बाटो सम्झाउँदै मुस्कुराइरहेको थियो । क्रमशः गाईघाट उपत्यका, चुरे पर्वत शृङ्खला अनि सपाट तराई मैदान देखियो ।

रौताडाँडाबाट उत्तरतिर हेर्दा सुनकोसी र यसको उपत्यका, पारिपट्टि खोटाङ जिल्लाका गाउँ–बस्तीहरू ऐनामा हेरेझैँ देखिन्छन् । यस्तै अनुपम भू–दृश्यहरू हेर्दै अघि बढ्दा एउटा सुक्न लागेको आहालझैँ भएको पोखरीनजिक पुग्यौँ । डाँडोको चउरमा बस्तु चराइरहेका एक जना अधबैँसे गोठालालाई सोध्दा उक्त पोखरीको नाउँ सिद्धपोखरी रहेको थाहा भयो ।

उहिले त्यो ठाउँमा निकै गहिरो र सुन्दर पोखरी थियो रे ! तर हाल विविध भौगोलिक कारणले भनौँ वा जलवायु परिवर्तनको असरले भनौँ सिद्धपोखरी बर्खे पोखरीको रूपमा अवशेषमात्र बाँकी छ ।

त्यतिमाथि उचाइमा अवस्थित सिद्धपोखरीको पर्यावरणीय इतिहासबारे सुने र देखेअनुसार टिप्पणी नोट गरेँ ।

त्यसपछि गोठालो दाइलाई धन्यवाद दिँदै हामी डाँडै–डाँडा रौतापोखरीतिर लाग्यौँ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon