birat ribon

‘पोजेटिभ’ भनेर सोच्न थाल्यो भने कमजोर भइने रहेछ !

Neuro
‘पोजेटिभ’ भनेर सोच्न थाल्यो भने कमजोर भइने रहेछ !
रुविना थापा

पछिल्लो समय प्राणघातक कोरोना भाइरससँग विश्व मानव समुदाय जुधिरहेको छ । हाम्रो समाज पनि यसबाट अछुतो छैन ।

नेपालमा पहिलो पल्ट कोरोना भाइरस प्रवेश गरेको पुष्टि हुँदा निकै त्राहिमाम् वातावरण बनेको थियो । त्यो बेला मान्छेमा यसको असर यतिसम्म परेको थियो कि मान्छे कोरोना विरामीसँग तीन–कोस परै तर्सिन्थे । टोल–टोलमा ‘प्रवेश निषेध’का बोर्ड र ढाटहरू लगाएको पनि देखियो ।

cura insider

क्रमशः मान्छे कोरोना भाइरसबारे जानकार र सचेत हुँदै गए, दैनिक व्यवहार परिवर्तन गर्दै गए । मानिसमा स्वास्थ्य सचेतना बढ्दै गयो । खोप आयो । त्योसँगै कोरोना पनि कमजोर हुँदै करिब–करिब शून्यको अवस्थामा पुग्यो ।

यता, विश्व स्वास्थ्य सङ्गठन र विशेषज्ञहरूले कोरोनाको दोस्रो भेरियन्टको महामारी रूपमा फैलिनसक्ने चेतावनी दिइरहेका थिए । तर नेपाल, भारतलगायत केही देशका सरकार र समाजले त्यसलाई त्यति गम्भीरतापूर्वक लिएनन् । खोप आइसकेकाले हामीले कोरोना जितिसक्यौँ भन्ने भ्रम समाज, सरकारमा व्याप्त देखियो । सम्भवतः त्यसैले सरकार राजनीतिक भेला, सभा–सम्मेलन, शक्ति–प्रदर्शन, उद्घाटन, राजनीतिक हानथाप र चुनाव गराउनतिर लाग्यो । जनता पनि धार्मिक भेला, विवाह, ब्रतबन्ध, भोज–भतेरमा रमाउन थाले ।

विगतमा जो–जोबाट जे–जे गल्ती भए पनि यतिबेला नेपाल, भारतजस्ता मुलुकहरू कोरोनाबाट नराम्ररी थलिएका छन् । मानवमा प्रयोग गरिएको खोपविरुद्ध लडेर परिवर्तित हुँदै बाहिर आएको कोरोना भाइरस अघिल्लो वर्षभन्दा थप शक्तिशाली रूपमा आइलागेको छ, जोसँग जुध्नु–भिड्नुको विकल्प हामीसँग छैन । कारण यो कतिखेर आफूलाई आइलाग्छ थाहा हुँदैन । कोरोना आफ्नो शरीरमा नआओस् भनेर सुरुमा सचेत हुनु धेरै राम्रो हो तर आइहालेमा डराउनुको अर्थ छैन ।

यस्तोमा अहिले सङ्क्रमित भएका र त्यस्तो जोखिममा रहेका व्यक्तिहरूका लागि उपयोगी हुने ठानेर आफूले देखे–भोगेको केही अनुभव यहाँ साझा गर्न लागेकी छु । केही समयअघि म पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिएँ, जतिबेला म आफ्नो कार्यक्षेत्रमा निरन्तर फुर्तिलो र जोसिलो रूपमा काम गरिरहेकी थिएँ ।

एकातिर छाती निकै दुख्न थाल्यो भने अर्कोतिर मनमा अनेक किसिमको सोच आइरहने, डर लाग्ने हुन थाल्यो । सँगसँगै आत्मा कमजोर भएको अनुभव भयो । एक मनले ‘यो कोरोनालाई म सहजै जित्नसक्छु’ भने पनि अर्को मनले ‘मलाई कोरोना पोजेटिभ भयो,’ भनेर सोच्न थाल्नेसाथै मानसिक रूपमा कमजोर भइने रहेछ ।

२०७८ वैशाख १२ गते इटहरी उपमहानगरपालिकामा वार्षिक कार्ययोजना निर्माण गोष्ठीमा आयोजना गरिएको थियो । त्यो वार्षिक कार्ययोजना छलफल कार्यक्रममा म पनि सहभागी थिएँ । कार्यक्रममा सहभागी हुँदै गर्दा मलाई स्वास्थ्यमा कस्तो–कस्तो असजिलो हुन थाल्यो । शारीरिक रूपमा केही कमजोर अनुभव गरिरहेकी थिएँ । कुर्सीमा बस्दा शरीर दुखिरहेको थियो । जसोतसो छलफल सकियो । अप्ठेरो हुँदै–हुँदै घर आएँ ।

त्यही बेलुकादेखि मलाई उच्च ज्वरो आयो । निरन्तर रूपमा शरीर गल्दै गएको, एकदमै थकान भएको अनुभव हुन थाल्यो । देशमा कोरोनाको दोस्रो लहर उकालो लाग्दै थियो । तर मैले अरू धेरैले जस्तै उल्लिखित लक्षणहरूलाई सामान्य रूपमा लिएँ । मलाई लाग्यो मौसम परिवर्तनको कारणले यस्तो भएको होला ।

तर वैशाख १५ गते बेलुकादेखि भने शरीर धेरै नै दुख्न थाल्यो । टाउको भारी भयो । लगातार रूपमा खोकी लाग्न आल्यो । बेला–बेलामा सास फेर्न गाह्रो हुन थाल्यो । भोलिपल्ट वेदान्त अस्पताल इटहरी गएँ । रगत परीक्षण गराएँ । रगतमा डब्लुबिसीको मात्रा घटेर दुई हजार नौ सय पुगेको रहेछ । छातीको एक्स–रे गर्दा छातीमा दाग देखियो । डाक्टरले कोरोनाको शङ्का गरे । डाक्टरको सल्लाहअनुसार पिसिआर परीक्षणका लागि धरानस्थित बिपी प्रतिष्ठान, कोभिड अस्पताल गएँ । परिणाम अनुमान गरे जस्तै भयो । पोेजेटिभ रिपोर्ट आयो ।

यसरी कोरोना पोजेटिभ देखिएको सातदिनसम्म मलाई निकै सकस भयो । ज्वरो त बिस्तारै कम भयो तर खोकी लाग्ने, मुखबाट रगत जाने भइरह्यो । एकातिर छाती निकै दुख्न थाल्यो भने अर्कोतिर मनमा अनेक किसिमको सोच आइरहने, डर लाग्ने हुन थाल्यो । सँगसँगै आत्मा कमजोर भएको अनुभव भयो । एक मनले ‘यो कोरोनालाई म सहजै जित्नसक्छु’ भने पनि अर्को मनले ‘मलाई कोरोना पोजेटिभ भयो,’ भनेर सोच्न थाल्नेसाथै मानसिक रूपमा कमजोर भइने रहेछ ।

तर पनि मलाई थाहा थियो र छ, कोरोनाको कुनै औषधि छैन । आत्मबलको शक्तिले लडेर यसलाई जित्नुको विकल्प छैन । फेरि म आफू समाजमा आधारित पुनःस्थापना सहजकर्ता भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सङ्घर्ष गर्नुपर्ने कुरा अरूलाई सिकाउँदै हिँड्थेँ । झन् आफूलाई नै समस्या आइलागेपछि अरूका सामुन्ने विचलित (नर्भस) भएर प्रस्तुत हुनुको अर्थ थिएन । संसारमा धेरै मानिस कोरोना विजेता बनेको सम्झेँ । मन दह्रो पारेँ, कोरोनासँग भिड्ने अठोट लिएँ ।

आफ्नो बिरामी अवस्था भुल्न र आफूलाई मानसिक रूपमा बलियो बनाउन मैले केही उत्प्रेरणा दिनेखालका भिडियोहरू खोजेर हेरेँ । नकारात्मक सोच–विचारबाट सकेसम्म तर्किएर बसेँ । म जतिसक्यो चाँडो आफ्नो शरीरबाट कोरोना भाइरसलाई बिदा गर्न चाहन्थेँ ।

मन दह्रो पारेसँगै मैले शरीर कमजोर हुन नदिनका लागि चिकित्सकको सल्लाहअनुसार निरन्तर रूपमा भिटामिन सी, भिटामिन डी, जिङ्क क्याप्सुल, फोर्टिप्लेक्स प्रयोग गर्नथालेँ । ज्वरो आउँदा पिसिएम प्रयोग गरेँ । पल्स अक्सिमिटरले निरन्तर रूपमा शरीरमा रहेको अक्सिजनको मात्रा परीक्षण गरिरहेँ । दुरी कायम गरी होम आइसोलेसनमा बसेँ । दिनमा तीन पटकसम्म सन्चो हालेर तातोपानीको बाफ लिएँ । प्रशस्त मात्रामा पानी पिएँ । तातोपानीमा मह र कागती मिसाएर प्रयोग गरिरहेँ । खानेकुरामा स्वाद नआए पनि पटक–पटक झोलिलो पदार्थ खाइरहेँ ।

यता कोरोनाविरुद्धको मेरो लडाइँ जारी थियो, उता देशको समाचार सुन्दा, जनजीवन झन्–झन् त्रसित हुँदै गएको थाहा पाउँदा मनमा कता–कता डर पनि लागिरहकै थियो । तर साथीभाइको हौसला, परिवारको सद्भाव र सहयोगले भने सन्जीवनीजस्तो औषधिको काम ग¥यो । त्यसले पनि म अलि चाँडो कोरोनामुक्त भए जस्तो लाग्छ ।

बीचमा आफ्नो बिरामी अवस्था भुल्न र आफूलाई मानसिक रूपमा बलियो बनाउन मैले केही उत्प्रेरणा दिनेखालका भिडियोहरू खोजेर हेरेँ । नकारात्मक सोच–विचारबाट सकेसम्म तर्किएर बसेँ । म जतिसक्यो चाँडो आफ्नो शरीरबाट कोरोना भाइरसलाई बिदा गर्न चाहन्थेँ । नभन्दै कोरोना पोजेटिभ देखिएको आठौँ दिनदेखि आफूलाई अलि सन्चो भएको अनुभव गर्न थालेँ । मलाई लाग्यो अब मैले कोरोनाविरुद्धको लडाइँ जितेँ । फलस्वरूप केही दिनपछि पुनः पिसिआर जाँच गराउँदा रिपोर्ट पनि नेगेटिभ नै आयो ।

मेरो अनुभूतिमा कोरोनाले गलाउन त निकै गलाउँदो रहेछ । तर मानसिक रूपमा आफूलाई बलियो राख्न सकियो भने पराजित गरेरै छाडिने रहेछ । खासगरी मन कोरोनाको चिन्ताभन्दा अन्त भुलाउन सक्नुपर्ने रहेछ । म बिरामी हुँ, कोरोना सङ्क्रमित हुँ भन्ने सोचबाट आफूलाई सकेसम्म टाढा राख्न सक्नुपर्ने रहेछ । यसरी बलियो आत्मविश्वासका साथ सतर्कता अपनाउँदै आत्मबल दह्रो बनायौँ भने कोरोना जित्न सकिन्छ । यो उदाहरण र आत्म–विश्वास म बाँड्न चाहन्छु ।

म आफू कोरोना सङ्क्रमित र विजेता हुँदै गर्दा यो रोगभन्दा यससँग सम्बन्धित सामाजिक सोचले बढी चिन्ताजनक अनुभव गरेकी छु । २१औँ शताब्दीमा पनि हाम्रो समाजका केही मान्छेले कोरोना प्रभावित बिरामीप्रति अस्वीकार्य, विभेद र अपमानयुक्त व्यवहार गरेको देखेर अचम्म लागेको छ । मानौँ आफू र आफ्नो परिवारलाई यसप्रकारको समस्या पर्दैन भने जस्तो गर्छन् केही मान्छे । त्यस्तो अमानवीय व्यवहारले कोरोना सङ्क्रमितलाई झन् गलाउँछ र समाजमा झन् धेरै क्षति हुन्छ ।

jackson ribon