birat ribon

इटहरीका बैङ्क आजदेखि बन्द

Neuro
इटहरीका  बैङ्क आजदेखि बन्द

विराटनगर / कोरोना भाइरस सङ्क्रमणका कारण सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका बैङ्क तथा वित्तीय संस्था आज (सोमबार)देखि एक साताका लागि बन्द गरिएका छन् ।

सङ्क्रमण तीव्र रुपमा फैलिएपछि वित्तीय कारोबार हुने क्षेत्र नै बन्द गर्नुपर्ने अवस्था आएको हो । इटहरी उपमहानगरका प्रमुख द्धारीकलाल चौधरीको अध्यक्षतामा बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको सङ्युक्त बैठकले बैङ्क तथा वित्तीय संस्था बन्द गर्ने निर्णय लिएको हो ।

cura insider

सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सबै कारोबार बन्द गरिने भएको छ । भौतिक रुपमा उपस्थित भएर गरिने कारोबार बन्द गरिएको भए पनि एटिएमभने खुला रहने छन् ।

बैठकले इटहरी रङ्गशालामा रहेको आइसोलेसन सञ्चालनका लागि वित्तीय संस्थाहरुसँग सहयोगको आग्रहसमेत गरेको छ ।

jackson ribon