birat ribon

रातो मच्छिन्द्रनाथको रथ तानियो

Neuro
रातो मच्छिन्द्रनाथको रथ तानियो

काठमाडौँ / वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ ।

हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । कोरोना सङ्क्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई साङ्केतिक रुपमा तानेर बुङमति लगिने छ । रथमा विराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो ।

cura insider

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्रसमेत तोकेको छ । गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ ।

रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर पाँच सय मिटरको दुरीमा निषेधित क्षेत्र तोकेको छ । कोरोना महामारीका बीचमा पनि मानिसहरु सयौँको सङ्ख्यामा उपस्थित भएर रथ तानिएको छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दुरी कायम गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिमले रथलाई पूरा शहर नघुमाई पुल्चोक रथ बनाएको स्थाबाट उत्तरतर्फ रहेको सोह्रखुट्टेपाटीसम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरिने छ ।

jackson ribon