birat ribon

पूर्ण रूपमा खोप लिइसकेकाले केही ठाउँमा बाहेक मास्क लगाउनु नपर्ने : सिडिसी

Neuro
पूर्ण रूपमा खोप लिइसकेकाले केही ठाउँमा बाहेक मास्क लगाउनु नपर्ने : सिडिसी

विराटनगर / पूर्ण रूपमा कोभिड १९ विरुद्धको खोप लिइसकेका मानिसहरूले केही ठाउँमा बाहेक मास्क लगाउनु नपर्ने बताइएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार पूर्ण रूपमा कोभिड १९ विरुद्धको खोप लिइसकेका मानिसले केही विशेष परिस्थितिबाहेक घरभित्र वा बाहिर मास्क लगाउनु पर्दैन । साथै, पूर्ण रूपमा खोप लगाइसकेका मानिसले अधिकांश ठाउँमा सामाजिक दूरी पालना गर्न जरुरी नरहेको सिडिसीले जनाएको छ ।

cura insider

उक्त निर्देशिकाले धेरैभन्दा धेरै अमेरिकीहरूलाई खोप लिन प्रोत्साहित गर्ने सिडिसीले आशा व्यक्त गरेको छ । सिडिसीकी निर्देशक रोचिली वालेन्स्काईले नयाँ निर्देशिका सङ्क्रमण तीव्र रूपमा घट्दै गएका कारण, युवाहरूमा खोपको विस्तार गर्न र कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध खोप प्रभावकारितामा आधारित रहेको बताएकी छिन् ।

खोप लगाइसकेपछि सङ्क्रमण भए पनि भाइरल लोड निकै कम हुने, समस्या गम्भीर नहुने र अन्यलाई सर्ने सम्भावना कम हुन्छ । अपडेट गरिएको निर्देशिका महामारीभन्दा अगाडिको जीवनमा फर्कनका लागि एक प्रमुख कदम हो । तर, पूर्ण रूपमा कोभिड १९ विरुद्धको खोप लिइसकेकाहरूले बस, ट्रेन, प्लेन र सार्वजनिक यातायातमा यात्राका क्रममा, अस्पताल तथा डाक्टरहरूलाई भेट्दा तथा धेरै मानिसहरू भएको ठाउँमा मास्क अहिले पनि अनिवार्य लगाउनुपर्ने हुन्छ ।

jackson ribon